मैत्री बहुउद्देश्यीयको कारोबार २७ करोड, खुद नाफा ६६ लाख


गुल्मी, कार्तिक १३ ।  मैत्री वहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तम्घास गुल्मीको कोरोबार २७ करोड बढी पुगेको छ ।
संस्थाको १३ औँ वार्षिक साधारणसभा सम्पन्न सहकारीले आर्थिक वर्ष २०७०÷७१ सम्ममा २७ करोड ४७ लाख ६० हजार ३ सय १९ रुपैँया बराबरको कारोवार गरेको जानकारी गराएको थियो ।  सस्थाले  ६६ लाख ६ हजार १ सय ९० खुद नाफा गर्न सफल भएको  संस्थाका अध्यक्ष वोमवहादुर खड्काले जानकारी दिनुभयो ।
संस्थाको ३८ लाख २४ हजार जगेडा कोष समेत रहेको उहाँले वताउनुभयो । संस्थामा २ सय ७६ महिला, ३ सय ६८ पुरुष गरी जम्मा ६ सय ४४ जना शेयर सदस्य तथा १ सय १५ जना वाल सदस्य रहेका छन् ।
लघुवित्त तर्फ २ सय २१ केन्द्र स्थापना भई ६ हजार सदस्य रहेका छन् भने ३ हजार ३ सय ९१ ऋणी रहेको संस्थाले जनाएको छ ।
२ करोड १० लाख शेयर पुँजी र ४ करोड ३५ लाख वचत संकलन गरी १४ करोड ऋण परिचालन गरेको उक्त सहकारीले लघुकर्जा, लघुउद्यम कर्जा, युवा स्वरोजगार कर्जा, कृषि तथा व्यवसायिक क्षेत्रमा समेत कर्जा प्रवाह गरेको संस्थाका ब्यवस्थापक अर्जुन आचार्यले जानकारी दिनुभयो ।
हाल २२ जना कर्मचारी कार्यरत रहेको सहकारीले आगमी वर्षसम्ममा ३५ जना कर्मचारी परिचालन गर्ने गरी ६ हजार सदस्य संख्यालाई वढाएर १० हजार पु¥याउने लक्ष्य रहेको संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक