अष्टलक्ष्मी दिदी बहिनी सहकारीमा अधिकारी


पोखरा, पुस ६ । पोखराको रामघाटमा रहेको अष्टलक्ष्मी दिदी बहिनी बचत तथा ऋण सहकारीको नयाँ नेतृत्व चयन भएको छ ।
संस्थाको दोस्रो साधारणसभाले संजिता अधिकारीको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा रेवती पौडेल, सचिवमा विमला अधिकारी, सहसचिवमा रोशनी पौडेल, कोषाध्यक्षमा कल्पना शर्मा निर्वाचित हुनुभएको छ । । त्यसैगरि सदस्यहरुमा पार्वती पौडेल, सरस्वती पौडेल, सरला खड्का र राधा सुवेदी निर्वाचित हुनुभएको छ ।
साधारणसभाले ण्सुनिता भण्डारी, पार्वती थापा र रिना क्षेत्री सम्मिलित तीन सदस्यीय लेखा उपसमिति गठन गरेको छ भने ऋण उपसमितिमा पार्वती पौडेल र देवकी अर्याललाई चयन गरिएको छ । शिक्षा समितिमा रिता पाठक र सत्यवती सिलवाल निर्वाचित हुनुभएको छ ।
साधारणसभाको उद्घाटन गर्दै स्थानीय जेष्ठ महिलाले नारीबाट मात्र सञ्चालित उक्त सहकारी पोखराको एक नमुना सहकारीको रुपमा स्थापित भएको बताइन् । कार्यक्रममा सहकारीका सल्लाहकार छवि सुवेदी लगायतका अन्य अतिथीहरुले सहकारीको उन्नति र प्रगतिको शुभकामना दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन