मल बिक्रीमा सहकारीको मिचम्याच


विराटनगर, पुस ६ । आन्तरिक राजस्व कार्यालयले मल खरिदको विवरण फरक–फरक बुझाएका एक सय ४० वटै सहकारीलाई आय–व्यय विवरण पुनः अडिट गराउन पत्राचार गरेको छ। मोरङका एक सय ४० सहकारी संस्थाले एउटै परिमाणको मल किनबेच गरेपनि विवरण भने फरक पेश गरेको पाइएपछि  पुनः प्रतिवेदन प्रस्तुत गर्न निर्देशन दिइएको हो ।

एउटै परिमाणको मल खरिद र बिक्री मूल्य फरक–फरक देखिएपछि मोरङका एक सय ४० वटा सहकारी मिसम्याच समस्या देखिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड र सहकारी संस्थाले राजस्व कार्यालयलाई छुट्टाछुट्टै बुझाएको मल खरिद–बिक्री विवरणमा करोडौं रूपैयाँको अन्तर देखिएको छ।
सहकारी संस्था लिमिटेड लखनतरीलाई कृषि सामग्री कम्पनीले आर्थिक वर्ष ०६९र७० मा ८२ लाख २८ हजार तीन सय रूपैयाँको मल बेचेको आय विवरण आन्तरिक राजस्व कार्यालयमा बुझाएको छ। तर लखनतरीको उक्त सहकारीले कृषि सामग्री कम्पनीसँग ५३ लाख तीन सय रूपैयाँ बराबरको मात्रै मल किनेको विवरण पेस गरेको छ।
युरिया, डिएपी, पोटास, भर्मी कम्पोस्ट लगायत मल खरिद र बिक्रीमा कृषि सामग्री कम्पनी र लखनतरी सहकारी संस्थाले बुझाएको विवरणमा २९ लाख २८ हजार रूपैयाँ फरक छ।
उर्लावारी बचत तथा ऋण सहकारीले मल खरिदबापत १६ लाख ५३ हजार ६ सय ७५ रूपैयाँको विवरण आन्तरिक राजस्व कार्यालय विराटनगरमा पेस गरेको छ। तर कृषि सामग्री कम्पनीले उर्लावारी सहकारीलाई ३८ लाख बराबरको मल बेचेको विवरण दिएको छ। साझा सहकारी संस्था लिमिटेड झोराहाटको पनि मल खरिद–बिक्री विवरणमा ९९ हजार रूपैयाँ फरक देखिएको छ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न