सहकारीम समस्या समाधान गर्न छलफल


काठमाडौं, पुस ७ । सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रहस्त सहकारीको समस्या समाधान गर्न छलफल भएको छ । वषौैदेखि देखिएका समस्या समाधानका लागि सरोकारावाला निकायसँग छलफल गरेको हो ।
मन्त्रालयले सहकारी विभाग, राष्ट्रिय सहकारी संघलगायत सबै सरोकारलाला निकायसँग छलफल गरेको छ ।

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव श्रीधर गौतमले समस्याग्रस्त सहकारी संस्थाहरुको समस्याप्रति सरकार गम्भीर रहेकोबताउनुभयो । समस्या समाधानका लागि छिट्टै निर्णय गरिने उहाँको भनाई थियो । सचिव गौतमले राष्ट्रिय सहकारी संघ तथा सहकारी अभियानलाई सरकारले तयार पारेको संशोधनसहितको नयाँ सहकारी ऐनका विषयमा विवाद नगर्न आग्रह सुझवाव दिनुभयो ।

‘राष्ट्रिय सहकारी संघ आर्थिक अनियमतिता गरेका सहकारी संस्थाहरुलाई कारबाही गर्ने पक्षमा किन डराएको छ, हाल संशोधनसहित बनेको नयाँ सहकारी ऐनमाथि थप छलफल गर्न समस्या हुन्छ ।’ उहाँले भन्नुभयो । सचिवले गौतमले संघलाई संस्थाहरुमा आर्थिक अनियमतिता गर्नेलाई कडा कानुनी कारबाही गर्ने कानुनसँग डराउन नहुने बताउनुभयो ।
सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले संघले छलफल नै नगरी एकोहोरो रुपमा अघि बढेको भन्दै यसले सकरात्मक परिणाम नदिने बताउनुभयो । उहाँले समस्याग्रस्त सहकारी संस्थाहरुको सम्पत्तिलाई छिटो व्यवस्थापन गर्न र ती सहकारी संस्थाबाट भइरहेको सम्पत्ति लिलामीलाई रोक्नुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले समस्याग्रस्त सहकारी संस्थाहरुको समस्या सम्बोधनका लागि सरकारले ढिलाइ गर्न नहुने बताउनुभयो । लामो समयदेखि समस्याग्रस्त सहकारी संस्थाका निक्षेपकर्ताहरु निरन्तर रकम फिर्ताका लागि संघर्षरत रहेको उहाँको भनाई थियो ।
समस्याग्रस्त सहकारीलाई मात्रै सम्बोधन गर्ने गरी भए पनि तत्कालका लागि राहत हुने नियम लागू गर्न सकिने उहाँको आशय थियो ।
सो अवसरमा ओरेन्टल को–अपरेटिभ पीडित अमुदा श्रेष्ठले राष्ट्रिय सहकारी संघ र सरकारबीचको झमेलामा नपार्न भन्दै समस्याग्रस्त सहकारीलाई मात्रै सम्बोधन गर्ने गरी भए पनि नीति ल्याउन आवश्यक भएको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न