अर्थमन्त्री डा महतद्वारा सञ्चयकोषका नवनियुक्त अध्यक्ष शर्मालाई शपथग्रहण


काठमाडौं, पुस ८ । अर्थमन्त्री डा. रामशरण महतले कर्मचारी सञ्चयकोषका नवनियुक्त अध्यक्ष सुमनप्रसाद शर्मालाई सोमबार आयोजित एक समारोहका बीच पद तथा गोपनीयताको शपथ गराउनुभयो । अर्थमन्त्रालयका सचिव शर्मा हालै सञ्चयकोषको सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनुभएको थियो ।
सो अवसरमा अर्थमन्त्री डा महतले सञ्चयकोष स्रोत परिचालनको क्षेत्रमा महत्वपूर्ण संस्थाको रुपमा स्थापित भैसकेकोले सञ्चयकर्ताहरुको रकमको सुरक्षा र प्रतिफलको दिगोपन दुवै पक्षमा थप जिम्मेवारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
सञ्चयकोषमा अहिले सञ्चयकर्ताहरुको करिब १७० अर्ब जम्मा भैसकेको र नयाँ ऐनले यस संस्थाको अधिकारक्षेत्र पनि बढाएको उहाँले बताउनुभयो । सो अवसरमा अर्थमन्त्री डा महतले अहिले सञ्चयकोषलाई अर्थमन्त्रालयले रेखदेख गर्दै आएपनि नियमन गर्ने उपयुक्त संस्था मन्त्रालय नभएको स्पष्ट पार्नुभयो । उहाँले यसका लागि अन्य मुलुकहरुमा अभ्यास भैरहेका नीति नियमन तथा प्रणालीको अध्ययनका आधारमा नेपालका लागि उपयुक्त र व्यवहारिक सुझाव सिफारिस गर्न पनि निर्देशन दिनुभयो ।
सो अवसरमा सञ्चयकोषका अध्यक्ष शर्माले देशभरका सञ्चयकर्ताहरुको संरक्षकका हिसावले उनीहरुको रकमको उच्चतम प्रतिफल प्राप्ति र दिगोपन हुने हिसावले काम गरिने बताउनुभएको थियो । त्यसैगरी सञ्चयकोषका प्रशासक कृष्ण आचार्यले ठूलो मात्रामा सञ्चयकर्ताहरुको रकम संकलन भैरहेको, संगठित क्षेत्रका अतिरिक्त अनौपचारिक क्षेत्रतिर पनि दायरा बढाएर काम गर्न थालिएको र सञ्चितकोषलाई तरलता र प्रतिफलको व्यवस्थापनका दृष्टिले उचित ढंगले व्यवस्थापन गर्ने गरिएको जानकारी दिनुभएको थियो । उहाँले राष्ट्रिय प्राथमिकताका पूर्वाधारका क्षेत्रमा जानका लागि पनि मार्गनिर्देशन आवश्यक भएको बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले