एकता महिला सहकारीको साधारणसभा सम्पन्न

घोराही, पुस ९ । घोराही नगरपालिका ६ स्थित एकता महिला विकास वहुउदेश्य सहकारी संस्थाको १७ औ साधारण सभा आज मगवलार फुर्सेखालीमा सम्पन्न भएको छ ।
सभा संस्थाकी अध्यक्ष यसोदा पाण्डेको अध्यक्षता एवम अम्विकेश्वरी जिल्ला सहकारी संघका अध्यक्ष डिल्लीवहादुर खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस अवसरमा वोल्ने बक्ताहरुले सहकारी मार्फत सामाजिक सेवा अग्रसर हुनुपर्ने बताएका थिए । उनीहरुले वडाको सामाजिक विकासका लागि अन्य सघ संस्थासग सहकार्य गर्ने समेत आग्रह गरेका थिए । त्यसैगरेर उनीहरुले छरिएर रहेको पुजीलाई एकत्रित गरेर विकास निमार्ण लगाउन आग्रह गरेका थिए । त्यस अवसरमा महिला वालवालिका कार्यालयकी मोत्ति विश्वकर्मा, संस्थाकी सल्लाहाकार लालमती जैसी,पत्रकार अमरराज आचार्य, शान्ति युवा कल्वका अध्यक्ष घनवहादुर रावत, सदस्यहरु देवा महरा,यसोदा रावत, विमला पाण्डे ए, विमला पाण्डे वि,पार्वती अधिकारी लगाएतकाले आ आफनो भनाई राख्नु भएको थियो । भने आर्थिक प्रतिवेदन सह व्यवस्थापक नर्मदा शर्माले प्रस्तुत गरेकी थिईन । त्यस अवसरमा महिला वालवालिका तथा सहकारी संस्थाको क्षेत्रमा पु¥याएको भन्दै पत्रकार अमरराज आचार्यलाई सम्मान गरीएको थियो । भने साधारण सभाले नया नेतृत्व चयन गर्ने बताईएको छ ।


Posted

in

by

Tags:

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *