दूधको मूल्य बढाउन दूग्ध सहकारीको ध्यानाकर्षण


चितवन, पुस ९ । केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य बढाउन सरकारलाई दवाव दिने भएको छ । लागत अनुसार मूल्य पाउन नसकेको कृषि मन्त्रीलाई दुईसाताअघि जानकारी गराएपनि खासै सुनुवाई नगरेको भन्दै कच्चा दूधकाृ मूल्य बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
संघका अनुसार किसानले अझै पनि प्रतिलिटर १३ रुपैयाँ घाटा व्यहोर्नु परेको छ । सरकारले दूधको मूल्य ८ रुपैयाँ बढाएमा दुध उत्पादन गर्ने किसानले हालको मूल्य भन्दा ५ देखी साँढे ५ रुपैयाँ बढि पाउने छन् । अहिले किसानले प्रतिलिटर ३४ रुपैयाँदेखी ३६ रुपैयाँसम्म प्रतिलिटर पाएका छन् । यो लागत मूल्य भन्दा अझै १० देखी १३ रुपैयाँ घाटा हो । संघका अनुसार चार प्रतिशत फ्याट र आठ एसएनएफ स्तरको दूध किसानले ३४ देखि ३७ रुपैयाँ प्रतिलिटरमा विक्री गर्दै आएको जानकारी दिएका छन् । किसानले धेरै समयदेखी घाटा व्यहोर्नु परेको भन्दै संघले लागत अनुसारको मूल्य पाउनु पर्ने भनेर सरकारलाई सिफारीस गरेको संघका केन्द्रिय लेखा समिति सदस्य एवंम नन्दिनी दुग्ध उत्पादक सहकारी संस्था चितवनका अध्यक्ष बालकृष्ण उप्रेतीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने