सहकारी ऋण असुली नीति ल्याउन माग


काठमाडौं,पुस १० । सहकारीको ऋण उठाउन समस्या परेको भन्दै सहकारी ऋण असुली नीति ल्याउन आवश्यक भएको बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
बुम बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारणसभाका अवसरमा बोल्ने वक्राहरुले सहकारीको ऋण तिर्न ढिलासुस्ती गर्नुका साथै ऋण लिएर गायब हुने प्रवृति बढेकाले ऋण असुली नीति तथा न्यायाधिकरण तर्जुमा गर्न आवश्यक भएको बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी देश विकासको मेरुदण्ड भएको बताउनुभयो । सहकारीमार्फत आर्थिक विकास गर्न सकिने भएकाले सरकारले प्रायाप्तमात्रामा तालिम र पूर्वाधारमा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्थाकी अध्यक्ष छायाँ शर्माले संस्थाले नाफामात्र नभई सामाजिक उत्तरदायित्वका काम पनि गर्दै आएको बताउनुभयो ।
संस्थाकी प्रमुख कार्यकारी अधिकृत प्रविना रावल पन्तले सहकारीले आर्थिक विकासमा महत्वपूर्ण योगदान दिदैं आएको बताउनुभयो । उहाँले गत वर्ष शेयर संख्या र खाता पनि उल्लेख वृद्वि भएको जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण
आठ साकोस नेफ्स्कूनको प्रोवेसन कार्यक्रममा आवद्ध