एलाइन्स क्षेत्र नम्बर १० को भेला सम्पन्न


काठमान्डौ,११ । देशको लोकतन्त्र, शान्ति, सामाजिकन्याय र विकासप्रति प्रतिवद्ध सम्पूर्ण सहकारीकर्मीहरुका बीचमा वृहत एकता कायम गर्ने उद्देश्यले गठन गरिएको नेशनल को अपरेर्टस एलाईन्स नेपालको आज काठमान्डौमा क्षेत्रीय भेला सम्पन्न भएको छ ।
नेशनल कोअपरेटर्स एलाईन्स नेपाल काठमान्डै क्षेत्र नं १० को आयोजनामा सम्पन्न कार्यक्रमले राममान सिंहको संयोजकत्वमा गठित तदर्थ समितीलाई अनुमोदन गरेको छ ।
कार्यक्रममा प्रमुख आतिथ्य ग्रहण गरेका काठमान्डौ क्षेत्र नं १० का सभासद राजेन्द्र केसीले राष्ट्रको सर्वाङ्गिन विकासको निमित्त सहकारी अभियान अपरिहार्य रहेको कुरा औंल्याउदै सहकारी कांगे्रसको समाजवादसँगै जोडिएर आएको र समाजवाद तथा सहकारी आन्दोलनमा नेपाली कांग्रेस सधैं प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा संयुक्त रुपमा प्र्रमुख आतिथ्य ग्रहण गर्नु भएका अर्का प्रमुख अतिथि तथा नेशनल को अपरेटर्स एलाईन्सका राष्ट्रिय अध्यक्ष दिपक वास्कोटाले सामाजिक र आर्थिक क्षेत्रमा सहकारीको औचित्य र आवश्यकता संसारभरि रहेको र यसले रोजगारी प्रदान गर्नेदेखि लिएर समाजमा भएका विभेदलाई हटाई असमान्जस्यलाई जोडने एउटा कडिको रुपमा स्थापित भएको बताउनुभयो ।
संस्थाको औचित्यको बारेमा प्रस्ट्याउदै उहांले आर्थिक रुपान्तरणको लागि सहकारी एउटा महत्वपूर्ण कडिको रुपमा स्थापित भैसकेतापनि नेपालमा हाल सहकारी आन्दोलन मुख्य धारलाई छोडेर वामपन्थिकरण तिर उन्मुख भएकाले यसलाई कुनै राजनितिक धारतिर नभई सहकारीको आधारभूत मानदण्डभित्र ल्याई सहकारीको मूल्य र मान्यतालाई स्थापित गराउनलाई संस्थाले हदैसम्मको पहल गर्ने बताउनुभयो ।

जसरी टाफिकलाई देखेपछि चालकले सवारी साधनलाई सही बाटोमा हिडाउँछ त्यसैगरी हामी सहकारीकर्मी साथीहरु एकै ठाउँमा उभिएको खण्डमा हाम्रो उपस्थितिले मात्रैपनि सहकारी आन्दोलन धेरै हदसम्म सच्चिएर आउने भन्दै उनले सबै प्रजातान्त्रिक सहकारीकर्मीहरुलाई एकताभई अगाडि बढन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै अर्का वत्ता राष्ट्रिय सहकारी संघका संचालक तथ्य पौडेलले पछिल्लो अवस्थामा सहकारी आन्दोलनमा जुन वामपन्थी प्रवृती हावी भएको छ, त्यसलाई मत्थर पार्न प्रजातान्त्रिक धारमा रहेका सम्पूर्ण शक्त्तिहरुलाई आवद्ध गरी वी। पीले कल्पना गरेजस्तै स्वच्छ सहकारी आन्दोलनमा लाग्न नेशनल कोअपरेटर्स एलाईन्स सफल होस भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा नेशनल कोअपरेटर्स एलाईन्स काठमान्डौ क्षेत्र नं १० का संयोजक राममान सिंहले नेपालको सहकारी आन्दोलनलाई प्रजातान्त्रिक पद्धती र मुल्य मान्यता अनुसार अघि बढाउने जुन उदेश्यका साथ संस्था गठन भएको छ, ती उदेश्य प्राप्तिको लागि क्षेत्र नं १० काठमान्डौको संयोजकको हिसाबले आपनो जिम्वेवारी बहन गर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न