बिहानी सहकारीद्वारा एम्बुलेन्स सञ्चालन


बागलुङ, पुस ११ । बिहानी बहुउद्देश्यीय सहकारीले आफ्ना सदस्य सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको छ । ग्रामीण क्षेत्रका बासिन्दाले उपचार अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले उक्त सहकारीले एम्बुलेन्स सेवा सुरु गरेको हो ।

सहकारीले करिब १० लाखको लागतमा एम्बुलेन्स खरिद गरी सेवा सुरु गरेको सहकारीका सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो । एम्बुलेन्स सेवाबाट बागलुङ र गुल्मीका २२ गाविसका बासिन्दाले लाभ लिनसक्ने छ । सहकारीले न्युनतम शुल्कमा एम्बुलेन्स सेवा प्रदान गर्ने बताउँदै आफ्ना सेयर सदस्यका लागि १० प्रतिशत छुट दिने जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध