ग्यास अभाव सहज नभए ब्यवसाय बन्द गर्ने व्यवसायीको चेतावनी


काठमाडौं, पुस ११ । ग्याँस विक्रेता महासंघले अबको १० दिन भित्रमा ग्यासको अभाव नहटेमा सम्पूर्ण डिलर र गोदामहरु बन्द गर्ने चेतावनी दिएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गर्दै ग्याँस विक्रेता महासंघले जाडोको सिजनमा ग्याँसको माग बढि हुने र विभिन्न बाहानामा यसै सिजनमा भारतबाट लोडिङ कम भएकाले ग्यासको अभाव देखिएको महासंघले जनाएको छ ।

ग्यास अभावले गर्दा बर्षेनी आम उपभोक्ता मर्महात हुदैं आएको बताउदैं ग्याँस विक्रेता महासंघका अध्यक्ष किशोर कुमार केसीले यसको अभाबको अवसर पारेर कम्पनीहरुले नयाँ सिलिन्डर बेच्ने र अन्य कृत्रिम डिपो खडा गरि चलखेल गरेको अबस्था सिर्जना भएको बताए । सरकारले ग्यास अभाव सहज बनाउन कृत्रिम डिपो नहटाए आफुहरुले सञ्चालन गरेको पसलका चापी सरकारलाई बुझाउने अध्यक्ष किशोर कुमार केसीले बताए ।

यति बेला देशभर करिब ८० प्रतिशत ग्याँस अभाब हुने गरेको अबस्थामा अहिलेको सरकारले केहि पनि कदम नचालेको बताउदैं पूर्व अध्यक्ष ज्ञानेश्वर अर्यालले अब ग्याँस आपूर्ती सहज नबनाए यसको जिम्मेवार सरकार हुने समेत उद्घोष गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले