नबिन बिचार कोष उद्योग मन्त्रालयलको नेतृत्वमा हुनुपर्ने मन्त्री बस्नेतको जोड


काठमाडौं, पुस ११ ।उद्योगमन्त्री महेश बस्नेतले सञ्चालनको तयारीमा रहेको “नविन विचार कोष” सञ्चालनको हकदार उद्योगमन्त्रालय रहेको बताउनुभएको छ ।
आज उद्योगमन्त्रालयमा योजना महाशाखा प्रमुख जीतबहादुर थापा र प्रविधिमहाशाखा प्रमुख ऋषि कोइरालासँगको बैठकमा मन्त्री बस्नेतले उक्त कुरा बताउनुभएको हो ।
“यस कार्यक्रम अन्तरगत हामी नविन सृजना र आविष्कारमा आधारित उद्योगमा युवाको सहभागिताका साथै लागानी प्रर्वद्धनमा लागेका छौँ । तर यस कार्यक्रम सञ्चालन गर्न अर्थमन्त्रालयका कारण ढिला भएको छ । विषय विज्ञका हिसाबले समेत यो कोष सञ्चालनको हकदार उद्योगमन्त्रालय हो” मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले नेपालमा विज्ञान प्रविधि तथा सूचना सञ्चार लगायतको विषयमा काम गरिरहेका नविन प्रतिभाहरुको खोजी गरी उनका सोच र सृजनालाई लगानी गरी औद्योगिक उत्पादनमा रुपान्तरण गर्ने लक्ष्य अन्तर्गत कोष सञ्चालन गर्ने तयारीमा मन्त्रालय रहेको बताउनुभयो ।
उहाँले अर्थमन्त्रालयले सञ्चालन गरेको युवा सोरोजगार कार्यक्रम त्यति प्रभावकारि नभएको सन्र्दभमा यस्ता कोष तथा कार्यक्रम उपर अर्थमन्त्रालयले आशक्ति देखाउनु भन्दा सरोकारवाला मन्त्रालयलाई सञ्चालन गर्न दिनुपर्नेमा जोड दिनुभयो ।
उद्योगमन्त्रालय, योजना महाशाखा प्रमुख जीतबहादुर थापाले नविन विचार कोष सञ्चालन कार्ययोजना अर्थमन्त्रालयमा पठाइ सकेको जानकारि दिनुभयो । उहाँले अर्थमन्त्रालयले उद्योमन्त्रालयलाई छिटो सहमति दिएमा काम गर्न सहज हुने बताउनुभयो ।
उद्योग वाणिज्य महासंघ, उद्योग समितिका सभापति उमेश श्रेष्ठले उद्योगमन्त्रालयको अग्रसरतामा आएको नविन विचार कोषको सञ्चालन उद्योगमन्त्रालय अन्तर्गत हुँदा न्याय संगत हुने विचार व्यक्त गर्नुभयो । “नविन ज्ञानमा आधारित उद्योग प्रवद्र्धनको जिम्मा उद्योगमन्त्रालयको हो । अर्थमन्त्रालयले यस कार्यक्रममा हस्तक्षेप गदैँछ भन्ने सुन्नमा आएको छ । अर्थमन्त्रालयको काम भनेको खर्च विनियोजनका सार्थ खर्चको लेखा जोखा राख्ने हो । जबसम्म मुलुकले नविन ज्ञानमा आधारित औद्योगिक क्षेत्रको अध्ययन अनुसन्धानमा खर्च गदैँन तबसम्म यो क्षेत्रको विकास सम्भव छैन” उहाँले भन्नुभयो ।
यस्तै युवा वैज्ञानिक लक्षण रिमालले सरकारले नविन ज्ञानको अध्ययन तथा अन्वेषणमा अग्रसर युवाहरुलाई कम व्याजमा ऋण मात्र दिदाँ यस क्षेत्रमा युवाहरुको आर्कषण बढ्ने बताउनुभयो । उहाँले यस्ता कोषको सञ्चालन प्रभावकारी र पारदर्शिरुपमा हुनुपर्नेमा जोड दिनुभयो ।
“यो कोष उद्योगमन्त्रालयसँग बढि सम्बन्ध राख्ने भएकाले उद्योगमन्त्रालय अन्तरगत सञ्चालन गर्दा बढि प्रभावकारी हुन्छ । अन्य मन्त्रालयलाई उद्यमीका कुरा थाहा हुँदैन” रिमालले भन्नुभयो ।
एनआरएन, युरोप अध्यक्ष अर्जुन श्रेष्ठले “नविन विचार कोष”ले गैरआवासिय नेपालीलाई समेत एक महत्वपूर्ण सरोकारवाला पक्षका रुपमा समेटेको विषयले सम्पूर्ण गैरआवासिय नेपालीलाई सम्मान पुगेको बताउनुभयो । साथै उहाँले यस्ता कोषले नेपाल भित्र रहेका बेरोजगारर सिर्जनशिल युवा जनशक्तिलाई उद्यमीका रुपमा स्थापित गर्ने भन्दै–“युवा उद्यमशिलताको विकासबाट मात्र नेपालमा आर्थिक सामाजिक रुपान्तरण सम्भव छ” भन्नुभयो ।
नेपाल सरकारको आ।ब २०७१÷०७२ बजेट वक्तव्यको बुँदा नं। ४० मा यस मन्त्रालयले गर्ने कार्य अन्तरगत “नविन विचार भएका युवा तथा लगानी योग्य पुँजी नभएका साना मध्यम व्यवसायी, आविष्कारकर्ता तथा उद्यमीलाई शुरु पँुजी उपलब्ध गराई प्रोत्साहन गर्न नेपाल सरकार, निजी क्षेत्र र गैरआवासिय नेपालीको समेतको सहमतिमा ५० करोडको कोष खडा गर्ने” उल्लेख छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

उच्च स्तरीय पर्ल्स अनुगमन तालिम सञ्चालन
कृषि ऋणमा व्याज अनुदान सम्झौता
चमेली कल्याणकारी साकोसको १९ औं वार्षिक साधारण सभा सम्पन्न
११ औं वार्षिक साधारण सभा सम्पन्‍न