नेपाली सहकारीकर्मी टोलि हरियाणामा


हरियाणा डिसेम्बर २६ | नेपालबाट आएका ३५ जना सहकारीकर्मीको टोलि आज भारतको हरियाणा राज्यको गुडगाऊँ सेक्टर १७ स्थित ईन्डियन फार्मर्स फर्टिलाईजर्स कोअपरेटिभ (IFFCO) द्वारा आयोजित ‘उद्यमशिलता विकास कार्यक्रम’ विषयक तालिममा सहभागी भयो । ईफ्कोको निमन्त्रणामा राष्ट्रिय सहकारी संघ, नेपाल मार्फत ५ दिने तालिममा सहभागी हुन नेपालका विभिन्न १९ जिल्लाका सहकारीकर्मीहरू यहाँ आएका हुन् । आज ईफ्को नगर स्थित FMDI भवनमा तालिम विभागका प्रमुख पवन कुमारले स्वागत गर्दै अतिथिलाई देवता समान मान्ने हामी भारत र नेपाल दुवै देशको संस्कृति रहेको बताए । तालिमको उद्घाटन गर्दै मानव संशाधन विभागका महानिर्देक डा.आर.एन. कुन्दुले ‘ईफ्कको परिचय, स्थापना र विकास’ विषयक पहिलो शत्र संचालन गरेका थिए । ???????????????????????????????त्यसैगरी डा. डि.एन.राम यादवले सहकारी दर्शन र सिद्दान्त बारे प्रशिक्षण दिएका थिए भने सहकारी व्यवस्थापन विज्ञ डा. दामन प्रकाशले विश्वमा सहकारीको उत्पत्ति, विकास र योगदान सम्बन्ध विषयमा प्रशिक्षण दिएका थिए । मानव संशाधन विभागका सल्लाहकार ए.के. भादुरीले नेतृत्व विकासका लागि सञ्चारको भूमिका विषयक कक्षा सञ्चालन गरेका थिए । टोलिको नेतृत्व गरेर आएकी राष्ट्रिय सहकारी संघ लि. का सञ्चालक टिका बुढाथोकीले डा. दामन प्रकाशलाई मायाको चिनो प्रदान गरिन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न