नेपाली सहकारीकर्मी टोलि- मेरठ भ्रमण


मेरठ, डिसेम्बर-२७  | नेपाली सहकारीकर्मी टोलिले आज भारतको उत्तर प्रदेशका सहकारी संस्थाहरूको स्थलगत भ्रमण गर्‍यो। यसै क्रममा मेरठ पुगेको टोलिलाई जिल्ला सहकारी बैंक लि., मेरठका सचिव एवम् प्रमुख कार्यकारी योगेश सिंहले स्वागत गरे । सिंहले आफ्नो बैंकका बारे जानकारी दिँदै यु.पी.को उत्कृष्ट सहकारी बैंकको रूपमा यस जिल्लाको बैंक पर्न सफल भएको बताए । १९१९ मा जम्मा १८ हजार पूँजीबाट सुरुवात भएको यस बैंक हाल १५०० करोड चालु पूँजी र ९४० करोड निक्षेप रहेको सिंहले जानकारी दिए । साथै ३१ मार्च २०१५ सम्ममा यस बैंकको निक्षेप १००० करोड पुग्ने समेत उनले बताए । हालसम्म ३२० सहकारी समितिहरू सेयर सदस्य भएको यस बैंकको ५३ वटा शाखा रहेको र भारतिय रिजर्व बैंकबागतट बैंकिङ कारोवारको इजाजत पाएको उनले बताए ।  यस बैंकले किसानहरूलाई ३% व्याजदरमा ऋण प्रदान गरिरहेको जानकारी सिंहले दिए । बैंकले गत वर्ष आफ्ना सदस्यलाई ८% लाभांस वितरण गरेको थियो । भ्रमण टोलिलाई बैंकका अध्यक्ष जयविर सिंहले सम्बोधन गर्नुका साथै नेपालका सहकारी बारे समेत सहभागीसँग जिज्ञाषा राखे ।

IMG_2084भ्रमण टोलिले किसान सेवा सहकारी समिति दबथुआको पनि स्थलगत अध्ययन गर्‍यो । समितिका सचिव ओमप्रकाश यादवले संस्थाको स्थापना, क्रियाकलाप र वित्तिय स्थितिबारे सहभागीलाई जानकारी गराए । त्यस्तै अध्ययन टोलिले IFFCO को किसान सेवा कार्यालयको स्थलगत अध्ययन गर्‍यो । IFFCO का चिफ एरिया म्यानेजर डि.पी. सिंहालले सेवा कार्यालयको कारोवार र यसले किसानलाई दिने सेवा बारे जानकारी दिनुका साथै सहभागीसँग अन्तर्किया समेत गरे । नेपाली टोलि ५ दिने अध्ययन भ्रमणका लागि २५ डिसेम्वरमा भारत आएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी