बचत सहकारी व्यवस्थित गर्न महासचिवको आग्रह


 चितवन, पुस १३ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का महासचिव परितोष पौड्यालले सहकारी अयिभान विशेषतः बचत तथा ऋण सहकारी क्षेत्रलाई व्यवस्थित र गुणस्तरीय बनाउन सहकारीकर्मीहरु अग्रसर हुनुपर्ने बताउनुभयो । आज चित्तवन जिल्ला बचत तथा ऋण सहकारी संघको पन्ध्रौं वार्षिक साधारणसभामा बोल्दै पौड्यालले उक्त कुरा बताउनु भएको हो । बचत तथा ऋण सहकारी अभियानले महत्वपूर्ण उपलव्धिहरु सिर्जना गरेका छन । गांउगांउमा आर्थिक सामाजिक रुपले पछि परेका समुदायवीच पूंजीको विकास र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन । सहकारी सुशासन, सिद्धान्त र विधिहरुको पालना नगर्दा जोखिमहरु पनि देखा परेका छन । अवसर र जोखिमहरुको व्यवस्थापनका लागि छुट्टै बचत तथा ऋण सहकारी ऐनको आवश्यकता परेको र त्यसका लागि बहशपैरवी नेफ्स्कूनले गरिरहेको महासचिव पौड्यालले बताउनुभयो । पौड्यालले संसार नोट र बैंक चेकरहित मुद्रा प्रणालीमा प्रवेश गरिरहेको र अत्याधुनिक प्रविधिबाट आर्थिक तथा वित्तिय प्रणाली अघि बढिरहेकोले बचत तथा ऋण सहकारीहरुले आफुलाई सोही अनुरुप परिमार्जन गर्न अग्रसर हुुनुपर्ने बताउनुभयो । वार्षिक साधारणसभामा नेफ्स्कूनका सञ्चालकहरु शान्ति अधिकारी र कृष्ण पौडेल, जिल्ला बचत तथा ऋण सहकारी संघका संस्थापक अध्यक्ष सोमराज खनियां, पूर्वअध्यक्ष धनप्रसाद श्रेष्ठ, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, जिल्ला जडिवुटी सहकारी संघका अध्यक्ष कुलप्रसाद दुवाडी, नेपाल पत्रकार महासंघका अध्यक्ष हरिप्रसाद पोखरेल, सहकारीकर्मीहरु प्रमिला ढकाल र सत्यनारायण राउतलगायतले बोल्नु भएको थियो । वार्षिक साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम् नेफ्स्कूनका सञ्चालक नवराज सापकोटाले मुलुकको सहकारी अभियानमा बखान सहकारी संस्थाको उपस्थितिसंगै बचत तथा ऋण सहकारी अभियानमा अग्रणी जिल्लाको रुपमा स्थापित भएको बताउनुभयो । कार्यक्रमको सहजीकरण कार्यवाहक सचिव अर्जुनान्द अधिकारी र स्वागत उपाध्यक्ष जगन्नाथ भण्डारीले गर्नु भएको थियो । वार्षिक साधारणसभाको वन्दसत्रले अध्यक्ष सापकोटा, सचिव अधिकारी, लेखा संयोजक सूर्यप्रसाद अधिकारी, कोषाध्यक्ष विद्या कोइरालाले प्रस्तुत गर्नु भएका प्रतिवेदनहरु सुझावसहित पारीत गरेको छ । जिल्लाका १७२ बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध रहेको संघमा करीव एक करोडको कारोवार भई रहेको छ । वार्षिक साधारणसभाले तेजेन्द्र खडकाको नेतृत्वमा सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको छ । समितिमा उपाध्यक्ष हरिश्चन्द्र सुवेदी, सचिव विद्या कोइराला, सहसचिव केशव रेग्मी, कोषाध्यक्ष रामराज पौडेल, सदस्यहरु विष्णुकुमारी थारु, ध्रुवराज मिश्र, शालिकराम घिमिरे र ईश्वरी शर्मा ढकाल हुनुहुन्छ । त्यसैगरी लेखा समितिमा भरत दवाडी, सदस्यहरु चुडामणि पौडेल र पूर्णभद्र पनेरु निर्वाचित हुनुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन