Durgamashrita Saving And Credit Co-operative ltd.


परिचय

“राष्ट्रको स्वाभिमान सहकारी अभियान” भन्ने राष्ट्रिय नाराका साथ सहकारीको मुल्, मान्यता र सिद्धान्लाई व्यवहारमा उतारी सहकारी संस्थामा आबद्ध सदस्यहरुको व्यक्तिगत एवं सामाजिक क्रियाकलापहरुलाई व्यवस्थित गरी पारदश्री सहकारी संस्कृतिको निर्माण गर्दै सदस्यहरुमा छरिएर रहेको श्रोत तथा साधनलाई एकिकृत गरी सीपमुलक, उत्पादनमुलक र रोजगारीमुलक क्षेत्रमा परिचालन गरी सामाजिक, आर्थिक तथा सांस्कृतिक विकास गर्ने उद्देश्यले सहकारी एन २०४८ अन्तर्गत दर्ता भई यस दुर्गामाश्रिता बचत तथा ऋण सहकारी संस्था लि। को स्थापना भएको हो । समाजका विभिन्न आर्थिक, सामाजिक तथा शैक्षिक क्षेत्रसगँ प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरुको संलगनतामा संञ्चालित यस संस्थाले आपसी विश्वास, एकता र सहकार्यको मर्मलाई आत्मसाथ गर्दै सम्पूर्ण सदस्यहरुको अन्र्तनिहित सीप, योग्यता तथा क्षमतालाई आर्थिक क्षेत्रमा रुपान्तरण गर्नका लागि समयनुकुल वातावरणको सृजना साथै छिटो छरितो एवं विश्वसनिय रुपमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।

 

व्यवस्थापन

संस्थाको सम्पूर्ण आर्थिक तथा प्रशासनिक कार्यको रेखदेख गर्नुका साथै दैनिक गतिविधिहरुलाई व्यवस्थित तथा मर्यादित ढंगले सञ्चालन गर्न सञ्चालक समितिबाट तोकिएको कार्यकारी प्रमुख तथा वित्तिय क्षेत्रमा अनुभव हासिल गरेका कर्मचारीहरुद्वारा व्यवस्थापन गरी छिटो छरितो सेवा प्रदान गर्ने।

 

संस्थाको बचत योजनाहरु

 

  • दुर्गामाश्रिता बिशेष बचत

यो बचत खाता न्यूनतम रु. ५०००/- जम्मा गरी खाता सञ्चालन गर्न सकिने। यो खातामा आफूखुसी रकम राख्न र झिक्न सकिने साथै बार्षिक १०%का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने।

 

  •  साधारण बचत

न्यूनतम रु.१००/-मा खाता खोल्न सकिने। प्रत्यक सदस्यले आफ्नो इच्छाअनुसार खाता संचालन गर्न सकिने। आफूखुसी रकम राख्न र झिक्न सकिने साथै बार्षिक ८%का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने। न्यूनतम मौज्दात रु. १०००/- अनिवार्य रुपमा राख्नुपर्ने तथा सो पश्चात मात्र भुक्तानी आदेश (चेक) उपलब्ध गराइने।

 

  • घरदैलो बचत

बार्षिक ८% ब्याज पाइने। न्युनतम बचत रु.१००/- हुने। त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने। दैनिक मौज्दातमा ब्याज गणना गरिने।

 

  • सुपर बचत

बार्षिक १२% ब्याज पाइने। न्युनतम बचत रु.२५०००/- हुने। त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने। दैनिक न्युनतम मौज्दातमा ब्याज गणना गरिने।

 

 

  • नारी बचत

बार्षिक १०.५% ब्याज पाइने। न्युनतम बचत रु.१०००/- हुने। त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने। दैनिक न्युनतम मौज्दातमा ब्याज गणना गरिने।

 

  • अनिवार्य तथा नियमित बचत

संस्थामा सेयर सदस्यता प्राप्त भएपछि अनिवार्य रुपले बचत गर्नु पर्ने। न्यूनतम रु. २००००/- मा खाता खोल्न सकिने। आफ्नो इच्छा अनुसारको रकम दैनिक/ साप्ताहिक/ मासिक रुपमा जम्मा गर्न सकिने। अग्रिम रुपमा एकमुष्ट जम्मा गर्न पनि सकिने। एक बर्ष पछि मात्र रकम झिक्न सकिने। यस बचत खातामा १०%का दरले ब्याज प्रदान गरिने।

 

  • आवधिक/क्रमिक बचत

यस बचत खातामा रु.२०००/- रकम जम्मा गरी खाता संञ्चालन गर्न सकिने। तोकिएको अवधि पूरा भएपछि मात्र साँवा र ब्याज एकमुष्ठ रुपमा झिक्न सकिने। यस बचत योजना अन्तर्गत निम्न ब्याजदर प्रदान गरिने छ।

 

अवधि
ब्याजदर
३ महिना
८%
६ महिना
९%
१ बर्ष
१०%

 

 

  • बाल बचत

यस बचत खाता बालबालिकाहरुका नाममा ५ देखि १० बर्षसम्मको लागि सकिने। मासिक रु.१००/- देखि माथि बचत गर्न सकिने। बालबचतमा ऋण लिन नपाइने। ५ बर्ष सम्मको लागि क्रमिक बचतमा उल्लेख भएकोमा १२% ब्याज दिइने र ५ बर्ष भन्दा बढी अबधिको लागि १४% ले ब्याज भुक्तानी दिईने छ।

 

  • मुद्दती निक्षेप बचत

यस बचत योजना अन्तर्गत रकम जम्मा गर्दा न्यूनतम रु. १००००/- राखी खाता संञ्चालन गर्न सकिने छ। निश्चित अवधि किटान गरी बचत गर्नुपर्ने भएकाले अवधि पूरा भएपछि मात्र रकम निकाल्न सकिने छ।

अवधि
त्रैमासिक ब्याजदर भुक्तानी
वार्षिक ब्याजदर भुक्तानी
६ महिना
८%
१०%(अर्ध बार्षिक)
१ बर्ष
११%
१३%
२ बर्ष
१३%
१४%
३ बर्ष वा सोभन्दा बढी
१४%
१५%

 

 

 

  • शैक्षिक बचत

 

  • दुर्गामाश्रिता लखपति बचत

 

जम्मा रकम रु.
भुक्तानी अवधि (वर्ष)
भुक्तानी
२५०००/-
१०
१०००००/-
३००००/-
१०००००/-
३५०००/-
१०००००/-
४००००/-
१०००००/-
४५०००/-
१०००००/-
५३०००/-
१०००००/-
६२०००/-
१०००००/-
७००००/-
१०००००/-
८००००/-
१०००००/-
९००००/-
१०००००/-

 

 

कर्जा लगानी

यस संस्थाले संस्था संग आबद्ध सदस्यहरुलाई सीपमूलक, रोजगारीमुलक तथा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने वातावरण सृजना गरी आत्मनिर्भरता तर्फ उन्मुख गर्ने लक्ष्य अनुरुप उनीहरुको कार्ययोजना तथा बचतको आधारमा सामुहिक जमानी/बिना धितो वा धितो राखेर सर्वसुलभ ढंगले कर्जा प्रवाह गर्नेछ। कर्जा प्रवाह गर्दा सदस्यहरुको मासिक आयश्रोत, भरपर्दो धितो आदिको अध्ययन गरेर ऋण प्रवाह गरिनेछ।

सि.नं.
शिर्षक
ब्याज दर
१.
व्यावसायिक कर्जा
१८-२२%
२.
भवन निर्माण कर्जा
१८-२२%
३.
घरेलु कर्जा
१८-२२%
४.
हायर पर्चेज कर्जा
१८-२२%
५.
सामूहिक जमानी कर्जा
२०%
६.
घर/जग्गा धितो कर्जा
१८-२२%
७.
सेयर कर्जा
२०%
८.
मुद्दती रसिद धितो कर्जा
थप ३%
९.
वैदेशिक रोजगार कर्जा
१८-२२%
१०.
शैक्षिक कर्जा
१८-२२%

 

संस्थाको कर्जा योजनाहरु
अवधि
ब्याज दर
३ महिना
२०%
६ महिना
१९%
९ महिना
१८%

 

 


प्र तिक्रिया दिनुहोस !