एबल सहकारीले शेयर पूँजी २ करोड पुर्याउने
काठमाडौं, पुस १३ । एबल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी आर्थिक वर्षमा २ करोड शेयर पूँजी पुर्याउने भएको छ ।
पाँचौं वार्षिक साधारणसभाका अवसरमा संस्थाले आर्थिक वर्ष २०७१/७२ मा शेयर पूँजी २ करोड पुर्याउने लक्ष्य राखेको हो । संस्थाको १ करोड ७१ लाख १५ हजार १ सय शेयर पूँजी रहेको छ । संस्थाले ११ करोड २८ लाख लगानी भएको जनाएको छ ।
साधारणसभामा बोल्ने वक्ताहरुले सहकारीले आर्थिक विकासमा टेवा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।