काठमाडौं, पुस १३ । राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढाउन जोड दिने बताउनुभएको छ । सहकारीमार्फत आर्थिक विकास गर्नका लागि कुल ग्राहस्थ उत्पादनमा यसको भूमिका बढाउने उहाँको भनाईै थियो ।
धौलाश्री बहुउद्देश्यीय सहकारी संस्थाको १२औँ वार्षिक साधारणसभाको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष बडालले ‘मुलुकको आर्थिक समृद्धिका लागि सहकारीले नै ठूलो सहयोग पु¥याउन सक्ने भएकोले यो क्षेत्रमा लगानी विस्तार र व्यावसायिकता अभ्यासको आवश्यकता रहेको बताउनुभयो ।
आगामी चार वर्षभित्रमा कुल गार्हस्थ उत्पादनमा सहकारीको योगदानलाई वृद्धि गर्ने गरी सहकारी अभियानले रणनीति तय गरिएको बताउनुभयो । कृषिलगायतका उत्पादनमुखी सबै क्षेत्रमा सहकारी संस्थाहरुले लगानीलाई वृद्धि गर्न सकिने उहाँको भनाई थियो । सहहकारी क्षेत्रमा हाल ४५ लाखभन्दा बढी जनसंख्या आबद्ध रहेको र , यसलाई आगामी पाँच वर्षभित्रमा एक करोड पु¥याउने लक्ष्य सहकारी अभियानले लिएको उहाँको दाबी थियो ।
सहकारी क्षेत्रमा गुणात्मक विकास गर्नका लागि सहकारी मर्जरको नीति अख्तियार भइसकेको भन्दै बडालले सहकारी नभएका क्षेत्रमा सहकारीको पहुँच पु¥याउने र भएका सहकारीहरुलाई इच्छाअनुरुप एकीकरणको प्रक्रियामा लैजाने कार्यलाई निरन्तरता दिने बताउनुभयो । सहकारी सहमति र सहकार्यभित्र रहेर गरिने व्यवसाय भएकोले यसलाई निजी र नाफामुखीको रुपमा बुझ्नु गलत रहेको उहाँको जोड थियो ।
Leave a Reply