जिल्ला सहकारी बैंक लिमिटेड, मेरठमा नेपाली टोलि र बैंक कर्मचारी विच भएको अन्तर्क्रिया
सहभगी: निक्षेपकर्तालाई व्याज पनि दिनुहुन्छ कि ?
बैंक प्रतिनिधि- वचत खातामा ४% दिन्छौँ, मुद्धतिमा ९% सम्म तर चाल्ति खातामा भने ब्याज दिँदैनौँ ।
सहभागी- तपाईहरू सदस्य संस्थासँग मात्र कारोबार गर्नुहुन्छ कि अरू व्यक्ति वा संस्थासँग पनि ?
बैंक प्रतिनिधि- हाम्रो सदस्य सहकारी समिति (प्रारम्भिक सहकारी संस्था) मात्र बन्न सक्छन्, हामी उनीहरूलाई मात्र सेयर दिन्छौँ तर हाम्रो वैंकिङ सेवा सबैको लागि खुला छ । जसले पनि यहाँ निक्षेप राख्न र वैंकका विभिन्न सेवा लिन सक्छन् तर सहुलियतपूर्ण ऋणको सुविधा हाम्रा सदस्य बनेका सहकारी समितिका सदस्यलाई मात्र हुन्छ ।
सहभागी– तपाईहरू ४ देखि ९ प्रतिशतमा निक्षेप लिनु हुन्छ, ३% मा लगानी गर्नुहुन्छ अनि ८% लाभांश बाड्यौँ भन्नुहुन्छ, यो कसरी संभव छ ?
बैंक प्रतिनिधि- हो हामीले यि सबै गरेका हौँ । ३% त सहुलियतपूर्ण ऋण हो, यसमा सरकारको अनुदान पनि छ । अनि हामी अन्य बैंकिङ सेवा पनि प्रदान गर्छौँ जसबाट हामीलाई फाईदा हुन्छ । त्यसैगरी हामीसँग भएको तरलता ठूला बैंक ब्याजदर बढाबढ गरेर राख्छौँ, त्यसबाट पनि हामीलाई फाइदा हुन्छ, यसरी समग्रमा हामी नाफा गर्छौँ र यसैबाट शेयरहोल्डरलाई लाभांश बाँड्न पुग्छ ।
सहभागी- महिलाको स्थिति के छ यस बैंकमा ? विभिन्न तहमा महिलाहरूलाई सहभागि गराउनु भएको छ कि छैन, अन्य सुबिधा महिलाका लागि के छन् ?
बैंक प्रतिनिधि- हाम्रो सवै विभागमा एक जना महिला निर्देशक अनिवार्य गरेका छौँ र सबै तहमा महिला सहभागितालाई प्राथमिकतामा राखेका छौँ । महिलाका लागि छुट्याईएको पदमा यदि उम्मेदवारी परेन भने हामी खालि नै राखेर जान्छौँ र विचमा उपयुक्त उम्मेदवार फेला पार्छौँ तब पदपूर्ति गर्छौँ । सहुलियतको कुरा गर्नुहुन्छ भने शिक्षाको ऋणमा महिलालाई पुरूष भन्दा १% कम ब्याजदरमा कर्जा प्रवाह गरिरहेका छौँ ।
सहभागी– तपाईका सदस्य बाहेकका व्यक्तीहरू अरू बैंकलाई छोडेर किन यो बैंकसँग कारोबार गर्न इच्छुक रहन्छन् ?
बैंक प्रतिनिधि: हामीले आधुनिक बैंकिङमा दिइने सबै सेवा दिएका छौँ र हाम्रो सेवा अन्य बैंकको तुलनामा सरल, सहज र सस्तो पनि छ । जस्तो कि लकरको सुविधा अरु बैंकले ७०० मा दिएका छन् भने हामीले ४०० मा दिएका छौँ । हामी सेवा गर्न नै बसेको हुनाले सबैले निजि बैंक भन्दा यहाँ कारोबार गर्न सहज मान्छन् ।
बैंक प्रतिनिधी- अब भन्नुस तपाईँको देशमा कस्तो सुविधा दिएको सहकारी बैंक र सहकारी संस्थाले ?
सहभागी- हाम्रोमा राष्ट्रिय सहकारी बैंक छ, त्यो देश भरको सहकारीको एउटै मात्र बैंक हो । त्यस बैंकले किसान र विपन्न वर्गको लागि सहुलियत पूर्ण ऋण पनि दिन्छ । अन्य ऋण भने केहि महँगो छ । सहकारी संस्थाले आफ्नै बचत र पूँजी परिचालन गरेर ऋण लगानी गर्छन् । आवश्यक परेको बेला बैंकले सहकारी संस्थालाई ऋण दिन्छ । हाम्रोमा भने सहकारी बैंकमा व्यक्ति सदस्य बन्ने प्रावधान छैन ।
Leave a Reply