पल्पसा सहकारीमा नयाँ नेतृत्व


काठमाडौं, पुस १४ । पल्पसा बचत तथा ऋण सहकारी संस्थाको छैठौ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ ।
साधारणसभाले नन्दकिशोर शाहीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध चयन गरेको हो। संस्थाको उपाध्यक्षमा श्यामकृष्ण शाही, सचिवमा सुरेश शाही, सहसचिवमा मिलन शाही, कोषाध्यक्षमा सुरेन्द्र खड्गी हुनुहुन्छ ।सदस्यहमा न्हुच्छेरत्न शाही, अशोकराज शाही, किरण शाही, भगवती शाही, श्रीकृष्ण शाही तथा प्रमिला शाही चयन हुनुभएको छ । साधारणसभाबाट राजेन्द्र शाहीको संयोजकत्वमा लेखा समिति पनि गठन गरिएको छ। लेखा समितिका सदस्यद्वयमा मोतिरत्न शाही (सञ्जिव) र आशिककुमार शाही चयन हुनुभएको छ ।
संस्थाका अध्यक्ष नन्दकिशोर शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष शाहीले संस्थाको वार्षिक प्रगति विवरण तथा कोषाध्यक्ष सुरेन्द्र खड्गीले आर्थिक तथा लेखापरीक्षण प्रतिवेदनलाई पेस गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन