रुप्से सञ्चार सहकारीको साधारणसभा सम्पन्न


काठमाडौं, पुस १४ । रुप्से सञ्चार सहकारी संस्थाको चौथो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले सुरत केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको उपाध्यक्षमा गोरखबहादुर जिसी, सचिव लेखबहादुर हमाल, कोषाध्यक्ष राजेश शाक्य, सह–सचिव ठाकुरप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा घनश्याम खड्का, प्रकाश पौडेल, चन्द्रमान छन्त्याल, रमेश गिरी, नारायण सुवेदी, नारायण बराइली, नुकल ढकाल र भोलानाथ घिमिरे रहेका छन् ।
साधारणसभाले श्रीधर सुवेदीको संयोजकत्वमा मालती खत्री र दिपक पौडेल सदस्य रहेको लेखा समिति चयन गरेको छ ।
म्याग्दीमा सञ्चारको विकास गर्ने हेतुले २०६१ सालमा रुप्से साप्ताहिकको रुपमा प्रकाशन शुरु गरेको रुप्सेले २०६७ सालमा सञ्चार सहकारी दर्ता गरी २०६९ बैशाख १ गतेबाट दैनिक पत्रिका प्रकाशन थालेको थियो । रुप्से दैनिक प्रकाशन थालेको रुप्से सञ्चार सहकारीले सञ्चारगृहको रुपमा छापा तथा विद्युतीय सञ्चारको सञ्चालनलाई निरन्तरता दिने नवनिर्वाचित अध्यक्ष सुरत केसीले बताउनुभयो ब।
साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष देउप्रसाद छन्त्यालले सहकारीको भावना र मर्मलाई थप अगाडि बढाउन सञ्चार सहकारीले राम्रो भूमिका खेलेको बताए । कार्यक्रममा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले रुप्से पत्रिकाको सञ्चालनका खातिर स्थापित सहकारीले म्याग्दीका जनतालाई सु–सूचित गराउन जोड दिनुभयो ।म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जीवन विश्वकर्माले म्याग्दीमा निरन्तर लामो समयसम्म सञ्चालित रुप्सेले उद्योगी व्यवसायीहरुको व्यापारको प्रवद्र्धनका लागि समेत अहम् भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि थप सहयोग गर्न आग्रह गर्नुभयो ।
संस्थाले गत आर्थिक वर्षमा ७२ हजार खुद मूनाफा गरेको र २ लाख ४२ हजार विज्ञापन वापतको रकम उठ्न बाँकी रहेको संस्थाका कोषाध्यक्ष राजेश शाक्यले बताए । संस्थामा हाल ७० जना शेयर सदस्य रहेको र शेयर विस्तारका साथै संस्थाले आफ्नै पत्रिका प्रकाशनका लागि प्रेस खरिद गर्न सम्पूर्ण प्रक्रिया पूरा गरी अगाडि बढ्न साधारणसभाले जिम्मा दिएको संस्थाका नवनिर्वाचित सचिव लेखबहादुर हमालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण