अन्तर सहकारी लगानी कार्यविधी छिट्टै पारित हुने


काठमाडौं, कार्तिक  १२ । अन्तर लगानी कार्यविधि छिट्टै पारित हुने भएको छ । उत्पादनशील क्षेत्रमा सहकारीलाई उच्च प्राथमिकतामा राख्नका लागि अन्तरलगानी कार्यविधि ल्याउन लागिएको हो ।
कार्यविधिको मस्यौदा सहकारी विभागले सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पठाइसकेको छ । मस्यौदामाथि छलफल गरेर त्यसलाई छिट्टै मुर्तरुप दिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुरेश प्रधानका अनुसारब मस्यौदामाथि व्यापक छलपलल गरेर सहकारी अन्तर लगानबी कार्यविधि छिट्टै पारित गरिने बताउनुभयो । मन्त्रालयले आवश्यक गृहकार्य गरेर उक्त मस्यौदा मन्त्रीपरिषद्मा पठाउने छ ।
सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेपछि सरकारले कार्यविधी ल्याएर भएपनि उत्पादनशील क्षेत्रमा लगानी गर्ने कार्यविधि ल्याउन लागेको हो । सहकारीले बचत तथा ऋण सहकारीको मात्र कारोबार गर्नेक्रम बढेपछि सरकारले उत्पादनशील क्षेत्रमा सहकारीलाई लैजान कार्यविधि ल्याउन लागेको हो ।सहकारी विभागका कृषिविज्ञ विष्णु घिमिरेले सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसकेपछि कार्यविधि बनाउन लागिएको बताउनुभयो ।‘ऐनले पनि सहकारीलाई उत्पादनशील क्षेत्रमा जान रोकेको छ, त्यसतर्फ हाम्रो ध्यानाकर्षण भएको छ’ उहा“ले भन्नुभयो । सहकारी सहकारी मिलेर उद्योग खोल्न सकिने कार्यविधि ल्याउनमो सरकार लागिपरेको घिमिरेले बताउनुभयो ।
कृषिविज्ञ घिमिरेले बचत तथा ऋण सहकारीले जगेडा कोषको ५० प्रतिशत र अन्य सहकारीले जखेडा कोषको ८० प्रतिश लगानी गर्न सकिने कार्यविधिमा उल्लेख गरिने बताउनुभयो । ‘कार्यविधि निर्माणका लागि सरोकारवाला निकायस“ग छलफल शुरु भइसकेको छ’ उहा“ले भन्नुभयो
सहकारी ऐन २०४८ ले अन्तर सहकारी  कार्यविधि बनाएर उद्योग सञ्चालन गर्न सकिने कार्यविधि बनाउन आवश्यक भइसकेको विभागको थम्याई छ । सहकारीले लगानी गर्न नसकेर बेलाबेलामा संस्थामै पैसा थुप्रिने गरेको छ ।
विगत तीन वर्षको अवधिमा सहकारीमा १ अर्ब १३ करोड रुपियाँ लगानी घटेको छ भने ३२ अर्बले बचत संकलन बढेको छ । सहकारी क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्दा कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान बढ्न सकेको छैन ।
विभागका अनुसार २०६८ सहकारीमा १ खर्ब ३६ अर्ब २८ करोड लगानी भएको थियो भने २०७० मा १ खर्ब ३५ अर्ब १५ करोड लगानी भएको छ । त्यस्तै २०६९ चैतसम्म १ खर्ब ३७ अर्ब ८२ करोड लगानी भएको थियो ।
संकता बचत तथन ऋण सहकारी प्रबन्ध सञ्चालक विन्देश्वर श्रेष्ठले विद्यमान ऐन, कानुनले सहकारीलाई उत्पादनशील क्षेत्रमा  लगानी गर्ने ठाउँ नभएको बताउनुभयो ।अन्तर सहकारी कार्यविधि आए सहकारीले उत्पादनशील क्षेत्रमा लगानी बढाउन सक्ने विश्वास व्यक्त गर्नुभयो ।
तीन वर्षको अवधिमा ३२ अर्बले सहकारीमा रकम थुप्रिएको छ । विभागका अनुसार २०७० मा सहकारीमा १ खर्ब ५९ अर्ब ७३ करोड ३ लाख रुपिया“ संकलन भएको थियो । २०६८ मा १ खर्ब २७ अर्ब २१ करोड र २०६९ मा १ खर्ब ४८ अर्ब ३ करोड लगानी भएको थियो ।
तीन वर्षको अवधिमा सहकारीमा सात लाख मानिस आबद्ध भएका छन् । सहकारी प्रतिवर्ष दुई लाख बढी मानिस आबद्ध हुदैं आएका छन् ।ै तीन वर्षको अवधिमा ५ हजार बढी सहकारी दर्ता भएका छन् । २०६८ मा २५ हजार ३ सय ७१ सहकारी दर्ता भएका थिए भने २०७० मा ३० हजार ८० वटा सहकारी दर्ता भएका छन् । २०६९ सम्म २८ हजार २ सय ४८ सहकारी दर्ता भएका थिए ।
विभागका अनुसार सहकारीले तीन वर्षको अवधिमा १३ अर्बले शेयर पु“जी बढाएका छन् । २०६८ मा २२ अर्ब ७४ करोड शेयर पु“जी थियो भने २०७० मा सहकारीको शेयर पु“जी ३५ अर्ब ६ करोड ८ लाख पुगेको छ । त्यस्तै २०६९ मा अघिल्लो वर्षको तुलनामा सहकारीले ५ अर्ब बढाउँदै २७ अर्ब ६८ करोड शेयर पु“जी जम्मा गरेका थिए ।
विभागका अनुसार ३० हजार सहकारी दर्ता भएका छन् । त्यसमध्ये १३ हजार सहकारीले बचत तथा ऋणको कारोबार गर्दै आएका छन् ।अन्य सहकारीले पनि बचत तथा ऋणको काम गर्दै आएकाले कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदान न्यून देखिएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने