सहकारी डिभिजनले जुनसुकै समयमा पनि कारवाही गर्न सक्छ


विनोदकुमार पौडेल

सहकारी अधिकृत डिभिजन सहकारी कार्यालय, दाङ

१  सहकारीहरु व्यावसायिक हुन नसकेका हुुन् ?

व्यवसायिक बन्नै नसकेको भन्न मिल्दैन । विपन्न वर्गका किसानहरुमा सहकारी पद्धतिको विषयमा जानकारी नहुनु नै अहिलेको मुख्य चुनौति हो । विपन्न वर्गका किसानहरुसँग पूँजी अभाव भएकाले पनि व्यवसायीकरण गर्न अप्ठ्यारो परेको हो । हुन त सहकारीलाई राज्यले स्वायत्त संस्था मानेको छ । पूँजी संकलन गर्ने सम्पूर्ण दायित्व स्वम् सहकारीकर्मीहरुको नै हो । आफ्नो लागि आफै गर्ने भनेर नै सहकारी संस्थाहरु स्थापना भएका हुन् । राज्यको तर्फबाट सहयोग गर्ने भनेको उनीहरुलाई विभिन्न व्यावसायिक तथा सीपमूलक तालिम दिने हो । त्यो काम राज्यले गरिरहेको छ । सहकारीमा विभिन्नखाले व्यक्तिहरु सामेल भएकाले सबै सहकारीको समस्या एउटै हो भन्न सकिदैन । डिभिजन सहकारी कार्यालयले सहकारी व्यवस्थापन र लेखा व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिरहेको छ । डिभिजन सहकारी कार्यालयसँग त्यति धेरै कार्यक्रम हुँदैनन् । बरु विषयगत कार्यालयहरु जस्तै कृषि विकास, महिला विकासलगायतका कार्यालयहरुबाट अनुदानका कार्यक्रमहरु सञ्चान भइरहेका छन् । यस्ता कार्यक्रमबाट सहकारीहरुले फाइदा लिन सक्नुपर्छ ।

२ सहकारीहरुको सबलीकरणका गर्न के गर्नु पर्ला । तपाईहरुको प्रयास के छन् ? हामीले गर्ने भनेको सहकारीको दर्ता, नवीकरण, खारेजी र अन्य प्रक्रियागत काम हो । त्यस्तै केही तालिम पनि हो । हामीले आफै सहकारीहरुलाई कुनै प्रकारको अनुदान र ऋण दिन सक्दैनौं । अहिले राष्ट्र बैंकले ग्रामीण स्वावलम्बन कोषलाई विपन्न वर्गको लागि ऋण तथा अनुदान दिइरहेको छ । सरकारको तर्फबाट र केही गैरसरकारी संस्थाहरुको तर्फबाट सहकारीको सबलीकरणका लागि काम भइरहेका छन् । सबै सहकारीले यस्तो सुविधा पाइसकेका छैनन् । उनीहरुको विकासका लागि अन्य निकायबाट निरन्तर सहयोग हुन जरुरी छ । सहकारी शिक्षालाई अझै प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । नेपालजस्तो आर्थिक अवस्था कमजोर भएको मुलुकको समग्र विकासका लागि सहकारी अपरिहार्य छ । सरकारले सहकारीलाई उच्च प्राथमिकता दिदै आएको छ यसलाई निरन्तरता दिएर अझै बढीभन्दा वढी बजेट विनियोजन गर्नुपर्छ । अब सरकारले विभिन्न सचेतनामूलक तथा प्रोत्साहनमूलक कार्यक्रम ल्याएर भए पनि सहकारी संस्थाको विकासमा लाग्नुपर्छ । विपन्न वर्गका किसानहरुलाई शुरुमै सहकारी स्थापना गरेर सञ्चालन खर्च जुटाउन समस्या परिरहेको छ । उनीहरुलाई शुरुमै अनुदान रकम दिन सकेको खण्डमा अझ प्रभावकारी हुने देखिन्छ । सबैभन्दा पहिले त स्वयम् व्यक्तिहरुमा इच्छाशक्ति हुनुपर्छ । सबै काम अनुदान र सहयोगमा मात्र गर्न सकिन्छ भन्ने होइन । सहकारीकै अवधारणा पनि थोरै पूँजी धेरै व्यक्तिले संकलन गरेर ठूलो पूँजी निर्माण गर्ने हो । त्यो पूँजीले कुनै पनि ठूलो काम गर्न सक्छ । कम पूँजी भएका व्यक्तिहरुले पनि रकम संकलन गरेर ठूला काम गर्न सकिन्छ यो सबैलाई बुझाउनु अहिलेको जरुरी छ ।

३ ठूला सहकारीहरुले तपाइहरुलाई नै टेर्दैनन् ?

त्यसो होइन । सहकारीहरुले हाम्रो निर्देशन मानेकै छैनन् भन्न मिल्दैन । सरकारको नियम नमान्ने सहकारीहरुलाई हामीले खारेजसम्म गर्न सक्छौं हामीलाई त्यो अधिकार छ । तर, केही सहकारी संस्थाहरु सहकारीको मर्म अनुसार पूर्णरुपमा सञ्चालन नभएको साँचो हो । हामीले उनीहरुलाई सहकारीको नीति र पद्धतिअनुसार काम गर्न आग्रह गरिरहेका छौं । साना सहकारी संस्थाहरुमा नबुझेर गल्ती गर्ने काम भइरहेको छ भने केही ठूला सहकारीहरुले बुझेर पनि सहकारीको मर्मअनुसार काम नगरेको पाइन्छ । उनीहरुलाई सहकारी डिभिजन कार्यालयले जुनसुकै समयमा पनि कारवाही गर्न सक्छ ।

४ राप्तीका सहकारीहरुले सहकारी ऐन पालना गरेका पाउनुुभएको छ ?

हो केही सहकारीहरुले सहकारी ऐन अनुसार काम गर्न सकेका छैनन् । तर त्यो भन्दैमा सबै सहकारीहरुले सहकारी ऐन पालना गरेका छैनन् भन्न मिल्दैन । राप्तीमा केही यस्ता सहकारी पनि छन् कि मुुलुुककै नमुनाका रुपमा पनि काम गरेका छन् । उनीहरुको कार्यलाई हामीले प्रशंका पनि गर्दै आएका छौं । सहकारीका विभिन्नखाले नीति तथा नियमहरु छन् । आधारभूतरुपमा सहकारीको मर्मअनुसार काम गरे पनि भित्रभित्रै केहीले बदमासी गरेका हुन सक्छन् । बदमासी गरेको पाइएमा हामीले कारवाही गर्छौं । जो सुकैले उजुरी गरेको अबस्थामा वा हामी अनुगमन गर्न गएको बेलामा त्यस्तो पाइयो भने हामी कारवाही गर्छौं । बचत तथा ऋण सहकारीहरुले लेखा परिक्षण, साधारणसभा जस्ता अन्य कानूनी कामहरु राम्रोसँग गरेका छन् । तर, केही सहकारीहरुले गैर सदस्यहरुसँग कारोबार गर्ने गरेको गुनासो सुन्ने गरिन्छ । केही सहकारीहरुले अनुत्पादक क्षेत्रमा पनि लगानी गर्ने गरेका छन् । यसले हामीलाई भन्दा स्वयम् उनीहरुलाई नै घाटा पु¥याउछ ।

५ पछिल्लो समयमा अधिकांश कृषि सहकारी संस्थाहरु सरकारले र सायनिक मलमा दिने अनुदान पाउने आशमा मात्रै खुुल्ने गरेका हुुन् ?

हो अहिले यस क्षेत्रमा खुुल्ने कृषि सहकारी संस्थाहरु अनुदानको मभल विक्री गर्ने उद्देश्यले मात्रै खुुल्ने गरेको पाइन्छ । तर यो गलत ट्रेयन हो । कृषि सहकारीको काम मभल विक्री गर्ने मात्रै होइन । कृषि सम्बन्धी धेरै काम छन् । उनीहरुले आफ्नो विद्यानमा उल्लेख गरे अनुसार काम गर्नु पर्छ । पछिल्लो समयमा कृषि सहकारी संस्था ह्वातै वढेका छन् । जुन त्यही मभल विक्रीका लागि सबैको लक्षय देखिन्छ । यसलाई सुधार गर्न जरुरी छ । हामीले पनि उनीहरुको वार्षीक कार्यक्रममा उल्लेख गरेका काम गरे नगरेको पनि हेर्ने छौं । कृषि सहकारीमा आएको यो विकृतिको अत्य गर्न आवश्यक छ । ताकि कृषि सहकारीहरुले कृषिकै क्षेत्रमा लगानी गरेर मुुलुुकको कृषिबाटै अर्थतन्त्रको विकास होस् । कृषिबाट मुुलुुकको अर्थतन्त्रको विकास पनि सम्भावना छ भने सहकारीको मध्यमबाटै आर्थिक विकासको अझ वढी सम्भावना छ । त्यसैले सरकारले पनि सहकारीमा अर्थतन्त्रको तिनखम्वे नीति समेत अख्तियार गरेको हो । यसमा यस्ता सहकारीहरुलाई चतेनता फैलाउन आवश्यक छ । प्रस्तुती  उदय बिसी/दाङ


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक