गैडाकोट साकोसको स्वास्थ्य परिक्षण शिविर


गैडाकोट पुस १५ । गैडाकोट साकोसको आयोजना महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर सम्बन्धी सचेतना सहितको श्राव परिक्षण गर्ने स्वास्थ्य शिबिर आज सम्पन्न भयो । संस्थाका अध्यक्ष श्री प्रेमबहादुर गुरुङ ज्यूको अध्यक्षतामा र साकोसको शिक्षा उप समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रम को उद्घाटन कार्यक्रम संस्थाका ब्यबस्थापक श्री रामचन्द्र सुबेदीले संचालन गर्नु भएको थियो । स्ंस्थाका संस्थापक अध्यक्ष श्री गोबिन्द सुबेदी को बिशेष आतिथ्यता र शिक्षा उप समितिका संयोजक कुल प्रसाद पाण्डे ज्यूले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा करिब २०० जनाको महिलाहरुको सहभागिता रहेको थियो भने ४१ जना महिलाहरुको पाठेघरको श्राव परिक्षण गरिएको थियो । स्तन तथा पाठेघरको क्यान्सर भनेको केहो, यो रोग कसरी लाग्छ, यसबाट कसरि बच्न सकिन्छ भन्ने विषयमा वी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल आउनु भएका प्राबिधिकहरु बाट सचेतना कक्षा संचालन भएको थियो जसमा शर्मिला न्यौपाने, मन्जु शर्मा र जमुना अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

संस्थाले आफ्ना सदस्यहरुको आर्थिक सम्बृद्धिको साथै समुदायको हित र विकासको लागि पनि बिभिन्न कार्यक्रमहरु संचालन गर्ने शिलशिलामा सस्थाको सामाजिक उत्तरदायित्व ठानी यस प्रकारको कार्यक्रमको आयोजना गरेको हो । सदस्यहरुको बढदो चाप र अनुरोधलाई ध्यान दिदै आगामी पौष २१ गते सोमबारका दिन संस्थाको कार्यालयमा यस्तै कार्यक्रम पुन आयोजना गरिने संस्थाका अध्यक्ष श्री प्रेमबहादुर गुरुङ ले जानकारी गराउनु भयको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन