चितवन बचत संघमा नयाँ नेतृत्व
चितवन, पुस १५ । चितवन जिल्ला बचत तथा ऋण सहकारी संघको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ ।
संघको १५ औं वार्षिक साधारणसभाले तेजेन्द्र खडकाको नेतृत्वमा नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा हरिश्चन्द्र सुवेदी, सचिव विद्या कोइराला, सहसचिव केशव रेग्मी, कोषाध्यक्ष रामराज पौडेल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यमा विष्णुकुमारी थारु, ध्रुवराज मिश्र,शालिकराम घिमिरे र ईश्वरी शर्मा ढकाल हुनुहुन्छ । त्यसैगरी लेखा समितिमा संयोजक भरत दवाडी, सदस्यमा चुडामणि पौडेल र पूर्णभद्र पनेरु निर्वाचित हुनुभएको छ ।