स्वरोजगार कोषको रकम दुरुपयोग रोक्न समिति गठन


चितवन, पुस १५ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्धारा सञ्चालित कार्यक्रम प्रभावकारी बनाउन चितवमा एक अनुगमन समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय जिल्ला संयोजन तथा अनुगमन समिति गठन गरिएको हो ।०६५ सालदेखि चितवनमा कोष माफर्त ऋण प्रवाह गरी स्वरोजगार बनाउने अभियान सुरु गरिएको हो ।
समितिमा उद्योग वाणिज्य संघका अध्यक्ष सह संयोजकका रुपमा हुनुहुन्छ भने अन्य सदस्यमा सहकारी डिभिजन कार्यालयका प्रमुख, कृषि कार्यालयका प्रमुख, पशु सेवा कार्यालयका प्रमुख,ऋण लिएका सहकारी मध्येवाट एक जना सदस्य, स्वरोजगार कोषका जिल्ला प्रतिनिधि सदस्य सचिव रहने गरी समिति गठन भएको बताइएको छ । ।
सदस्य सचिव रामचन्द्र लम्सालले दुई वटा विकास बैक र १५ वटा सहकारी माफर्त ६ करोड ५० लाख लगानि भैसकेको जानकारी दिनुभयो । हालसम्म करीव १ हजार २ सय युवाहरुले गाउमै बसेर स्वरोजगार बन्न सफल भएका छन् ।कोषमाफर्त कर्जा लिनेहरुको आकर्षण बढेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने