दुधको मूल्य आठ रुपैयाँ बढ्यो
किसान र व्यापारी खुसी, उपभोक्ता मारमा


काठमाडौं, पुस १६ । दूधको ८ रुपैयाँ मूल्य वृद्वि भएको छ । दूधको मूल्य वृद्वि भएसँगै उपभोक्राहरु मारमा परेका छन् भने किसान र व्यापारी खुसी देखिएका छन् ।
निरन्तरको मूल्यवृद्धिले महँगिएको उपभोक्ताको भान्सा दूधको मूल्यवृद्विसँर्ग आजदेखि थप महँगो भएको छ । मूल्यवृद्धिका लागि लामो समयदेखि कृषकको दबाब झेल्दै आएको सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी) ले दुधको मूल्य बढाएको हो । संस्थानले बुधबारदेखि लागू हुने दुधको मूल्यमा प्रतिलिटर ८ देखि १० रुपैयाँसम्म वृद्धि गरेसँगै उपभोक्ताको भान्सा महँगिएको हो । अहिलेको दुधको मूल्यवृद्धिले कृषक भने खुशी भएका छन ।
केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले अहिलेको मूल्यवृद्धिले कृषकलाई ५० प्रतिशत मात्र राहत भएको भन्नुभयो ।  ‘एकैपटक धेरै मूल्यवृद्धि हुँदा उपभोक्तालाई मार पर्ने भएकाले अहिलेको मूल्यवृद्धिलाई कमै भएपनि संघले स्वागत गरेको छ,’ देबकोटाले भन्नुभयो ।  देबकोटाले किसानले प्रतिलिटर २० रुपैयाँ वृद्धिको माग राखेपनि उपभोक्ताको हितका लागि अहिलेकै मूल्यवृद्धिले किसानलाई राहत दिने बताउनुभयो ।
संस्थानको मंगलबार बसेको सञ्चालक समिति बैठकले निलो प्याकेटको स्ट्यान्डर्ड दुधको भाउ लिटरमा ८ रुपैयाँ बढाएर ६४ रुपैयाँ पुर्याएको छ । गाईको दुधमा लिटरको ८ रुपैयाँ बढाएर ७२ रुपैयाँ पुर्याएको संस्थानका महाप्रबन्धक गंगा तिमिल्सिनाले बताउनुभयो । । यसअघि गाईको दुधको मूल्य ६४ रुपैयाँ थियो । फ्याटयूक्त दुध (हरियो प्याकेट) मा लिटरको १० रुपैयाँ बढाइएको छ । हालसम्म लिटरको ७० रुपैयाँ तिर्दै आएको फ्याटयूक्त दुधलाई बुधबारदेखि ८० रुपैयाँ तिर्नुपर्ने भएको छ ।
मूल्यवृद्धिसँगै उपभोक्ताले ५६ रुपैयाँ तिर्दै आएको स्ट्यान्डर्ड दूध (नीलो प्याकेट)को लागि ६४ रुपैयाँ तिनुपर्नेछ । त्यसैगरी ६४ रुपैयाँ तिर्दै आएको गाइको दुधको अब ७२ रुपैयाँ तिर्नुपर्नेछ । उपभोक्ताका लागि ७० रुपैयाँमा उपलब्ध फ्याटयूक्त दूध (हरियो प्याकेट) को मूल्य अब ८० रुपैयाँ तिर्नुपर्नेछ ।
किसानको चर्को दबाबलाई थेग्न नसकेर दुधको भाउ बढाएको महाप्रबन्धक लिमिल्सिनाले बताउनुभयो  । किसानले माग गरेभन्दा करिव ५० प्रतिशत कम मूल्य वृद्धि गरेको उहाँको भनाई थियो । किसानले दुधको मूल्य बढाउन आग्रह गर्दै विगतदेखि नै दाबबमुलक कार्यक्रम आयोजना गर्दै आएका थिए । किसानको दबाबपछि संस्थानमा भाउ समायोजन गर्नका लागि समिति नै गठन गरिएको थियो । किसानले लिटरमा २ र ३ रुपैयाँ बढाए मान्य नहुने भनी दबाब दिइरहेको बताउँदै तिमिल्सिनाले किसान र उपभोक्ताको हितलाई ध्यानमा राखेर मूल्य बढाएको बताउनुभयो ।
दैनिक रुपमा डिडिसिको दुध उपभोग गर्दै आएका मैतीदेवीका भीम राईले अहिलेको मूल्यवृद्धिले प्रत्यक्ष असर नपरेपनि सबै बस्तु महँगो हुँदै गएकाले प्रभावित भने हुने बताउनुभयो ‘ किसानको हितमा भएको मूल्यवृद्धि जायज भएपनि हामीजस्ता सामान्य उपभोक्तालाई यसबाट महिनाको थप ४–५ सय रुपैयाँ भार भने थपिएको छ,’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक