भूमि सहकारीको साधारणसभा सम्पन्न


उदय बीसी दाङ, पुुस १६ ।भूमि सामासजक उद्यमी सहकारी संस्था घोराही दाङको प्रथम साधारणसभा मंगलवार दाङको घोराहीमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दिपकुमार बुढा मगरको अध्यक्षता तथा डिभिजन सहकारी कार्यालय दाङका निमित्त प्रमुख जीवराज शर्माको प्रमुख आतिथ्यता एवं राप्ती बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भरत बुढाथोकीको विशिष्ट आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव तथा ब्यवस्थापन दयाजी रोका मगरले आर्थिक वर्ष २०७१÷०७२ को असार मसान्तसम्म शेयर रकम खरिदबाट २१ लाख ५० हजार रुपैयाँ शेयर पुँजी रहेको, २२ लाख ९७ हजार रुपैयाँ ऋण लगानी भई २ लाख १० हजार ७ सय ७५ रुपैयाँ ऋण अशुली भएको जानकारी दिनुभयो । त्यसैगरी संस्थाले सञ्चालन गरेको ग्याँस डिलर तथा किराना पसलबाट समान बिक्रिबाट ४ लाख २२ हजार २ सय ६० रुपैयाँ आम्दानी गरी ३ लाख ९५ हजार २ सय २५ रुपैयाँ सामान खरिद र प्रशासनिक खर्च कटाएर २७ हजार ३५ रुपैयाँ आम्दानी गर्न सफल भएको जानकारी दिनुभयो ।
सञ्चालक समिति उपसमिति, सल्लाहकार समिति गरी २७ जनाको सञ्चालक समिति रहेको संस्थामा ३२३ जना शेयर सदस्यहरु रहेका छन् । संस्थाले यसबाहेक कुखुरापालन, माछापालन, बँगुरपालन गर्ने लक्ष्य लिएको छ । यस्तै संस्थाले २०७१/०८२ को असार मसान्तसम्म २३ लाख ४७ हजार ३ सय ७९ रुपैयाँ निक्षेप सँकलन गरी १ लाख २३ हजार १ सय ७९ रुपैयाँ बचत फिर्ता गरी २२ लाख २४ हजार २०० रुपैयाँ संस्थाको दायित्वमा निक्षेप सँकलन भएको जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जनचेतना साकोस नवलपुरको संस्थागत विकास तालिम
दोलखाका तीन साकोसबीच एकीकरण
खुसी खुसी साकोसको १३औं वार्षिक साधारण सभा सम्पन्न
चन्द्रागिरि साकोसको शुभतारा सेवाकेन्द्र उद्घाटन