रेडियन्ट सहकारीको निक्षेप १२ करोड


ललितपुर, पुस १७ । रेडियन्ट बचत तथा ऋण सहकारी संस्थाले चालु आर्थिक वर्षको मार्ग मशान्तसम्म १३ करोड ३८ लाख, ३९ हजार ९ सय ६ रुपिया निक्षेप संक्लन गरेको छ । सो संस्थाले सोही अवधीमा १३ करोड ५ लाख ४८ हजार २ सय ४० रुपिया लगानी गरेको छ । संस्थाको बुधबार आयोजित छैठौ साधारण सभामा संघका अध्यक्ष डिके ढुंगानाले सो जानकारी गराउनुभएको हो । उहाले सदस्यहरुको आर्थिक, सामाजिक, तथा सांस्कृतिक विकासको लागि संस्थाको स्थापना गरिएको जानकारी गरराउनुभएको थियो । संस्थालाई बुहुउद्धेश्यीय बनाउनो लागि कार्यसमितिका पदाधिकारी लागि परेको जानकारी दिनुभयो । सो अवरमा भावी रणनिती सार्वजनीक गर्दै अध्यक्ष ढुंगानाले संस्थाको कार्यक्षेत्र ललिततपुर जिल्लाभरी बनाउने, राष्ट्रिीय , अन्तराष्ट्रिय, क्षेत्रीय संग संगठनसंग रहयोगात्मक भावना राख्ने आयआर्जन परियोजना संचालन गर्न लगायतको योजना रहेको बताउनुभयो ।
डिभीजन सहकारी कार्यालय ललितपुरका प्रमुख रामहरी लामिछानेले सो सहकारीले गरेको कार्यको प्रशंशा गर्दै सदस्यहरुको सहयोगमा सहकारी लागि पर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बहुउद्धेश्यीय सहकारी संघका कोषाध्यक्ष माधव तिमल्सिना, केन्द्रीय स्वाथ्य सहकारी संघका उपाध्यक्ष खेमराज सुवेदी, डिभीजन सहकारी कार्यालय ललितपुरका प्रमुख रामहरी लामिछानेले सो सहकारीले गरेको कार्यको प्रशंशा गर्दै सदस्यहरुको सहयोगमा सहकारी लागि पर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा बहुउद्धेश्यीय सहकारी संघका कानेषध्यक्ष माधव तिमल्सिना, केन्द्रीय स्वाथ्य सहकारी संघका अध्यक्ष खेमराज सुवेदी, ललितपुर वचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रमशरण घिमिले लगायतले बुभकामना मन्तव्य व्यक्त गर्नुुभएको थियो । करिब साढे ५ सय सदस्य रहेको सो सहकारीको १ करोड ४० लाख ६९ हजार शेयर पुजि रहेको छ । संस्थाले जेहेन्दर, दलित पिछडिएका, आर्थिक अवस्था कमजोर रहेका शेयर सदस्यका छोराछोरीलाई छात्रवृती दिदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने