सहकारीकोे श्रद्धाञ्जली सभा सम्पन्न


पोखरा, पुस १७ । सयपत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका अध्यक्ष विजयनाथ बास्तोलाको निधन भएको तेह्रौ दिनको पुण्यतिथिमा हालै श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
पोखरा –११ फूलबारीमा जन्मेका बाँस्तोला सहकारीकै प्रशिक्षण कार्यक्रममा सहभागी हुँदै गर्दा अचानक अस्वस्थ भई न्यूरो हस्पिटल काठमाडौंमा उपचार हुन नसकेपछि आफ्नै निवासमा यही पुस १ गते देहावसान भएको थियो।
श्रद्धाञ्जली सभामा समाजसेवी एवं सहकारीका सेयर सदस्य डा। टुवराज बास्तोलाले तीताको सारमा भनेजस्तै शरीर छोडे पनि बास्तोलाको आत्मा अमर रहेको उल्लेख गर्नुभयो ।
दिवंगत बास्तोलाका भाई रवीन्द्र बास्तोलाले सहनशिलता र मिलनसार दाजु गुमाउँदा जीवनमा असाध्यै पीडा बोध भएको बताउनुभयो ।
सो अवसरमा सहकारीका प्रबन्ध सञ्चालक धर्मप्रसाद बास्तोला, उपाध्यक्ष विश्वराज बास्तोला, सचिव धर्मदत्त ढुङ्गाना, सल्लाहकार टीकाबहादुर कर्की, सह(सचिव कृष्णप्रसाद आचार्य, लेखा संयोजक भीमप्रसाद न्यौपाने, कमल पोखरी बचत तथा ऋण सहकारीका युवराज त्रिपाठीले, सहकारीका सल्लाहकार निर्मलप्रसाद कर्माचार्यलगायतले श्रद्वान्जली मन्तव्य राख्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध