कृषि केन्द्रिय सहकारीको सातौ साधारणसभा सम्पन्न
कृषि उत्पादान बढाइ आयात प्रतिष्थापन गर्छाै–मन्त्री पराजुली


काठमाडौ, पुस १७ । कृषि विकास मन्त्री हरीप्रसाद पराजुलीले कृषि उत्पादन बढाई आयत प्रतिष्थापन गरिने बताउनुभएको छ । उहाँले विलासी पेयपदार्थलाई नेपालबाट विस्थापित गरि कृषि उत्पादन बढाउने बताउनुभएको हो ।
नेपाल कृषि सहकारी केन्द्रीय संघको सातौ साधारणसभाको उद्घाटन तथा अन्तर्राष्टिय परिवारिक खेती वर्ष २०१४ को समापन तथा नेपालमा परिवारिक खेती दशक घोषणा गर्दै कृषि मन्त्री पराजुलीले नेपालमा रहेको खाद्य आयातको तथ्याङ समेत मिथ्याङ्क रहेको बताउनुभयो ।
रेडबुलजस्ता विलासी पेय पदार्थ आयात भइरहेको उल्लेख गर्दै त्यसलाई छिट्टै नै विस्थापित गर्ने मन्त्री पराजुलीले प्रतिवद्धता बताउनुभयो । कृषि आयातलाई न्युनिकरण गर्न स्थानीय उत्पादनलाई बढावा दिने सरकारको लक्ष्य रहेको मन्त्री पराजुलीले भनाई थियो ।
कृषि मन्त्री पराजुलीले आफूले कृषि क्षेत्रमा पनि उल्लेख्य सुधार गर्न नसकेको बताउनुभयो । उहाँले बजेट र नीतिमा राजनीतिक फाइदा खोज्ने परिस्थिती कायम रहेकोेले आफूले सुधार गर्न नसकेको उल्लेख गर्नुभयो ।
कृषि सहकारीलाई ५० प्रतिशत अनुदान
मन्त्री पराजुलीले कृषि सहकारीलाई कुल लागतको ५० प्रतिशत अनुदान दिने कार्यक्रम अघि सारेको बताउनुभयो । कृषि सहकारी क्षेत्रमा दुई करोड सम्म लगानी गर्नेले एक करोड अनुदान पाउने मन्त्री पराजुलीको भनाई छ । आगामी जुलाईदेखि अनुदान कार्यक्रम थालनी गरिने पनि उनले स्पष्ट गनुभयो ।
मन्त्री पराजुलीले सहकारी क्षेत्र सहकारी मान्यता अनुसार नचल्दा सहकारी आन्दोलन नै समस्यामा परेको बताउनुभयो । सहकारीको समस्या समाधानको लागि सहकारी ऐन २०४८ नै संसोधन गर्नुपर्ने आवश्यकता भएकाले सरकार र राष्ट बैंक समेत मिलेर सहकारी ऐन संसोधन गर्न लागि परेको मन्त्री पराजुलीले बताउनुभयो ।
मन्त्री पराजुलीले पारिवारिक खेती दशकले कार्यक्रम प्रभावकारी गर्न सकिए जलवायु परिवर्तनको असरलाई कम गर्न सघाउने बताउनुभयो ।
सरकारले चालु आर्थिक वर्षमा २३ अर्ब २८ करोड कृषि बजेट विनियोजन गरेको छ । विनियोजित वजेट मध्ये १३ अर्व सिधै कृषकको घरमा पु¥याउने सरकारको योजना रहेको मन्त्री पराजुलिले बताउनुभयो ।
यस्तै नेपाल राष्ट बैकका गभर्नर युवराज खतिवडाले कृषिको स्थायित्वको लागि कृषि विमालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनुभयो । कृषि विमालाई गाउ गाउमा पुर्याउन नसके तर्फ इंगित गर्दै खतिवडाले सरोकारवलाहरु निकायले कृषि विमालाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
राष्टिय सहकारी संघका अध्यक्ष केशब बडालले सहकारी मार्फत कृषि कार्यक्रमलाई प्रभावकारी ढंगले बढाउन जरुरी रहेको बताउनुभयो । नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहाबुर पाठकले किसानले उत्पादन गरेको कृषि उपज विक्रि वितरणका लागि बजारको समस्या रहेको बताउनुभयो ।
उनले नीति निमार्ण तहमा वस्नेहरुको उदासिनताकै कारण किसानहरुले अपनत्व हुने कृषि वजार अहिलेसम्म वन्न नसकेको प्रति दुःख प्रकट गर्नुभयो ।
कृषि सहकारी केन्द्रीय सहकारी संघले चितवनमा ३० करोड लगानीमा कृषि सहकारी तालिम केन्द्र निमार्ण गर्न लागेको बताउँदै यस पछि आम किसानहरुलाई व्यवसायिक स्थाईत्वका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
साना किसान कृषि सहकारी संस्थाहरुको छाता संगठनका रुपमा २०६४ सालामा स्थापना भएको नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आप्mना सदस्यहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न व्यवसायिक तथा रणनैतिक योजना बनाउन सहयोग पु¥याई गैर वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ ।
६५ जिल्लाका ६ सय १५ सदस्य संघसंस्थाहरुलाई आप्mनो सेवा प्रत्यक्ष रुपमा दिँदै आएको छ । संघमा सदस्य संस्थाहरुको कुल आन्तरिक पुँजी १३ अर्व भन्दा बढि रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सहकारी विभागको रजिष्ट्रारमा ॠषि तिवारी
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक
पर्यटन सहकारीको रणनैतिक योजना निर्माण