सहकारी सदस्यको दुर्घटना बीमा


बारा, पुस १८। लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सहकारीका सदस्यको हितका लागि दुर्घटना बीमा गरेको छ । उसले आफ्ना सदस्यहरुको रु १ लाखको दुर्घटना बिमा गरेको जनाएको छ ।
सदस्यहरुको हितका लागि विविध कार्यक्रम गर्ने क्रममा संस्थाले बिमा कार्यक्रम लागू गरेको संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताउनुभयो । संस्थाले हेटौँडा स्थित प्रुडेन्सियल ईन्स्योरेन्स मार्फत पहिलो चरणमा तीनसय ८५ सदस्यको बिमा गरेको तिमल्सिनाले जानकारी दिनुभयो । बिहिबार सदस्यहरुको सामूहिक दुर्घटना बिमालेख हस्तान्तरण गर्दै कम्पनीका प्रबन्धक अर्जुन सुवेदीले सहकारी सदस्यहरुको दुर्घटना जोखिमबहन शुरु भएको उहाँको भनाई छ । सहकारीहरुका तर्फबाट बिमा कार्यक्रमलाई शुरु गर्ने लोकप्रिय नै पहिलो सहकारी भएको व्यवस्थापक तिमल्सिनाले बताउनुभयो ।
सदस्यहरुसँग सम्बन्धित जोखिमहरुलाई बिमाका माध्यमबाट हस्तान्तरण गर्न र सदस्यहरुमा बिमा सम्बन्धी जानकारी बढाउन जरुरी रहे अनुरुप विभिन्न कार्यक्रमहरु तय गरिएको उहाँको भनाई छ । समाजमा बिमाको महत्व बढ्दै जानु सकारात्मक भएको भन्दै प्रुडेन्सियल ईन्स्योरेन्स हेटौँडाका प्रमुृख अर्जुन सुवेदीले बिमाको बजार प्रबर्धनमा सहकारीको भूमिका पनि प्रमुख हुने उहाँको भनाई छ। दुर्घटना बिमासँगै कम्पनीले सबैखाले निर्जिवन बिमा प्राथमिकताका साथ गर्दै आएको र सहकारी आवद्ध सदस्यबीच कृषि तथा पशु बिमालाई प्रमुखताका साथ समेट्न आफूहरु प्रतिबद्ध रहेको सुवेदीले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन