नमस्ते वित्तीयको खुुद मुुनाफा ३५ प्रतिशत बृद्धि


उदय बीसी दाङ, पुुस १९ । नमस्ते वित्तीय संस्था लिमिटेड घोराही दाङको खुुद मुनाफा गतवर्षको भन्दा ३५ प्रतिशत वढीले बृद्धि भएको छ । आर्थिक वर्ष २०७०/७१ मा गतवर्षको तुुलनामा खुद मुुनाफा ३५ दशमलव ४३ प्रतिशतले बृृद्धि भएको वित्तीय संस्थाका कार्यकारी प्रमुुख भुुपाल गिरीले जानकारी दिनुुभयो । उहाँले सो आवमा संस्थाको खुद मुनाफा ४६ लाख १४ हजार ७ सय ६० रहेको छ । जुुन बृद्धिदर गएको आथिएक वर्षको भन्दा ५ दशमलव ५२ प्रतिशतले वढी हो ।

शनिवार सम्पन्न आठौं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुुत गर्दै कार्यकारी प्रमुुख गिरीले आर्थिक वर्ष २०७०÷७१ मा संस्थाको कुुल सम्पती २६ करोड ३२ लाख ६४ हजार ३ सय १० रुपैयाँ रहेको बताउनुुभयो । जुुन गत आवभन्दा ७० दशमलव ७० प्रतिशतले वढी हो । त्यस्तै कुुल निक्षप २१ करोड, ९८ लाख ८४ हजार ४ सय ८ रुपैयाँ र कुुल कर्जा तथा सापटी १३ करोड ८४ लखा ९ हजार २ सय ९ रुपैयाँ रहेको छ । जुुन गतवर्षको भन्दा क्रमशः ९२ दशमलव ५७ प्रतिशत र ३८ दशमलव ५५ प्रतिशतले वढी हो ।
सञ्चालक समितिका अध्यक्ष निर्मल देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक शेयर सदस्यको तर्फबाट पुुरुषोत्तम खनाल र साधारण शेयर सदस्यको तर्फबाट श्यामकुुमार आचार्यले शुुभकामना मन्तव्य तथा संस्थाको उत्तोरउत्तोर प्रगतिको कामना गर्नुभएको थियो । वार्षिक साधारणसभाले संस्थाका विभिन्न प्रस्तावनाहरु सर्वसम्मत पारित गरेको छ । कार्यक्रमको सहजीकरण संस्थाका कम्पनी सचिव दिनेशचन्द्र पौडेलले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक