‘सहकारी व्यवस्थित गर्न एकीकृत ऐन ल्याँउदै छौं’


काठमाडौं, पुस १९ । सभासद् दीपकप्रसाद कुईकेलले सहकारी व्यवस्थित गर्न एकीकृत सहकारी ऐन ल्याउन लागिएको बताउनुभएको छ ।
हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभाका अवसरमा बोल्दै तीनवटा सहकारी ऐनको मस्यौदा पाइप लाइनमा भएको चर्चा गर्दै कुईकेलले सबै मस्यौदा अध्ययन गरेर एकीकृत सहकारी ऐन ल्याइने बताउनुभयो । ‘सहकारीको विकास र सुधार गर्नेगरी ऐन ल्याउन सरकार लागिपरेको छ’ उहाँले भन्नुभयो । सहकारीका विकृति अन्त्य गर्न ऐनले स्पष्ट मार्गदर्शन दिने उहाँकोभनाई थियो ।

4 hajur

संसदको लेखा समितिको सदस्य समेत रहेका कुईकेलले आर्थिक, सामाजिक उन्नतीमा सहकारीको योगदान बढाउन आफूहरु लागिपरेको बताउनुभयो । ‘सहकारीमार्फत संमृद्व नेपाल बनाउन सकिन्छ तर सहकारीभित्रका केही कमीकमजोरी हटाउनुपर्ने अवस्था छ’ उहाँले भन्नुभयो । सहकारीबाट महत्वपूर्ण काम भएको चर्चा गर्दै अझै नमूनायोग्य काम गर्न सहकारीलाई उहाँको आग्रह थियो ।
अर्का सभासद् रामेश्वर फूँयालले अब बन्ने संबिधानमा सहकारीलाई महत्वपूर्ण खम्बाका रुपमा विकास गरिने बताउनुभयो । ‘अबको आर्थिक क्रान्ति सहकारीबाट नै संभव छ, सहकारीलाई सबल खम्बाको रुपमा स्थापित गर्न सहकारी अभियान नै जुझारु हुन आवश्यक छ’ उहाँले भन्नुभयो ।

fuyal

सहकारीले सदस्यको जीवन परिवर्तनसँगै उत्पादनशील क्षेत्र र औद्योगिक क्षेत्रमा लगानी गर्न आवश्यक भएको उहाँको भनाई थियो । राष्ट्रिय पूूँजीलाई एकीकृत गरी देशलाई आत्मनिर्भर बनाउन सहकारीको महत्वपूर्ण हात हुने सभासद् फूँयालले बताउनुभयो ।
कार्यक्रममा काठमाडौं जिल्ला बचत तथा ऋण संघका अध्यक्ष शम्भुप्रसाद घिमिरेले सहकारीको लेखा समितिले वाच डगको भूमिका निर्वाह गर्न सक्नुपर्ने बताउनुभयो । संस्था सुर्धानका लागि लेखा समितिको महत्वपूर्ण भूमिका हुने र त्यसैअनुरुप लेखा समितिले आफ्ना सहकारीमा त्यस्तै भूमिका खेल्न आवश्यक भएको पनि उहाँको भनाई थियो । हाम्रो नमूना साकोसका जितेन्द्रराज नगरकोटीले सहकारीको काम पैसा किन्ने र बेच्नेमा मात्र सीमित हुन नहुने बताउनुभयो । सहकारी देश बिकासको पूर्वाधार बन्न सक्ने उहाँको भनाई थियो । ऋण नतिर्ने सदस्यका कारण सहकारीमा समस्या पर्ने भन्दै त्यसतर्फ सञ्चालक सधैं चनाखो हुनुपर्ने बताउनुभयो ।
विश्वज्योती साकोसका संस्थापक अध्यक्ष गोविन्द्रप्रसाद काफ्लेले सहकारीमार्फत देशमा कायापलट ल्याउन सकिने बताउनुभयो । सहकारीका कारण धेरैले राहत पाएको उहाँको भनाई थियो ।

aaaaa rrrrr
कार्यक्रममा युनिफिकेशन साकोसका अध्यक्ष कमलराज अधिकारी, नमूना साकोसका प्रतिनिधि शिवराम बस्नेत, त्रियुगा बचत तथा ऋण सहकारीका सुनकुमार नगरकोटी, उर्जा परिचाललन साकोसका अध्यक्ष हरिप्रसाद पुडासैनी, चौतारी साकोसका सचिव तुलसीराम पुडासैनीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको खुद नाफा ३ लाख
यसैबीच हजुरको त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले ३ लाख बढी खुद नाफा गरेको छ । १३ औँ वार्षिक साधारणसभाका अवसरमा संस्थाले ३ लाख ३२ हजार ३ सय ८६ रुपैँया खुद नाफा गरेको अध्यक्ष सनोज भट्टराईले बताउनुभयो । संस्थाले १५ लाख ६५ हजार २ सय ८९ रुपैँया आम्दानी गरेको थियो ।
संस्थाका अध्यक्ष भट्टराईले संस्थाको शेयर पूँजी १३ लाख ९१ हजार, संस्थाले ७४ लाख ६० हजार ५सय ७० रुपैँया ऋण लगानी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने