सिन्धुली महोत्सव सम्पन्न


सिन्धुली, पुस १९ । उद्योगमन्त्री महेश बस्नेतले सहमतिको नाममा दलहरुले देशलाई बन्दी बनाउन नपाउने बताउनुभएको छ ।
पुस १० देखि सञ्चालन भएको ूतेस्रो सिन्धुली महोत्सवूको शनिवार समापन समारोहलाई सम्बोधन गदैँ मन्त्री बस्नेतले माघ ८ गते भित्र सहमतिमा पर्ूण संविधान जारी गर्नुपर्ने नभए छोटोबाटोबाट गएर संविधान मस्यौदा भएपनि ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
ूसहमतिको नाममा देशलाई बन्दि बनाउने शक्ति आफै सकिन्छन् । नेपालको माटोले हिंसा नभई शान्ति खोजेको छ । राजनीतिक दलहरु लडेर होइन मिलेर जानर्ुपर्छू मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले सभामुखको संविधान निमार्ण्राम्बन्धी पछिल्लो प्रस्ताव प्रसंशनीय रहेको बताउनुभयो ।
महोत्सव समारोहलाई सम्बोधन गदैँ उहाँले युवा जनशक्तिलाई मुलुकमा कसरी राख्ने भन्ने चुनौती रहेको बताउनुभयो । मन्त्री बस्नेतले एक निर्वाचन क्षेत्र एक उद्योगको अवधारणा बमोजिम एक निर्वाचन क्षेत्रमा पहिलो चरणमा दर्ुइ सय युवालाई उद्यमी बनाउने कार्यक्रम ल्याउन थालेको उल्लेख गर्नुभयो ।
साथै उहाँले सिन्धुलीको स्थानीय व्यवसाय र उद्योग क्षेत्रको विकास तथा पर््रवद्धनका लागि आफू तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष सानुकाजी श्रेष्ठ, कमलामाई नगरपालिकाका कार्यकारी अधिकृत प्रविण ढकाल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको छ ।
सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा पुस १० गतेदेखि सञ्चालन भएको तेस्रो सिन्धुली महोत्सव आज समापन भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले