संस्थाको जोखिम हटाउन पल्र्स मनिटरिङ अबलम्बन गरिने


कठमाडौं, पुस २० । नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन)ले सहकारी संस्थाको जोखिम हटाउन पहल थालेको छ ।
संस्थालाई जोखिमरहित बनाउनका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेफ्स्कुनका अध्यक्ष ऋषिराज घिमिरेले सहकारी सबल तथा सक्षम बनाउन आफूहरु क्रियाशिल भएको बताउनुभयो । नेफ्स्कुनका महासचिव परितोष पौडेलले सहकारी जोखिमरहित बनाउन पल्र्स मनिटरिङमा जोड दिनुपर्ने बताउनुभयो । नेफ्स्कुनले पल्र्स मनिटरिङ अबलम्बन गर्नका लागि प्रयास शुरु गरेको बताउनुभयो ।
कार्यक्रममा २५ संस्था अध्यक्षको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहकारी व्यवस्थित गर्न ३१ वटा सूचकबारे छलफल भएको थियो । सो अवसरमा बित्तीय विश्लेषण, सर्भिस म्यानेजम्यानेन्ट प्लान लगायतका विषयमा छलफल भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु