पालुङ सहकारीको साधारणसभा सम्पन्न


पालुङ, पुस २० । पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पालुङको १५ औं वार्षिकोत्सव हालै सम्मन्न भएको छ ।
कार्यक्रममा संस्थाले ७५ वर्ष नाघेका १२ बृद्ध सदस्यलाई नगद पुरस्कारसहित सम्मान, पाँच जना शारीरिक अशक्त सदस्यलाई नगदसहित सम्मान, दुई सुत्केरी सदस्यलाई नगदसहित न्यानो झोला वितरण, एकमात्र सन्तान प्राप्तिपश्चात् स्थायी बन्ध्याकरण गरी सुखमय जीवन व्यतित गरिरहेका एक जोडी सदस्यलाई नगदसहित आदर्श दम्पत्तिका रुपमा सम्मान गरेको गरिएको थियो ।
कार्यक्रममा संस्थामा उत्कृष्ट कारोबार गर्ने पाँच सदस्यलाई मेम्बर अफ दी मन्थका रुपमा छनौट गरिएको थियो भने थाहानपा–१, ओखरबजारका अग्निपीडित दुई सदस्यलाई नगद सहयोग गरिएको थियो । कार्यक्रममा दुई सय ५५ जनाको रक्तचाप परीक्षण गरिएको थियो । संस्था अध्यक्ष बिमलकुमार ढकालको सभाध्यक्षता तथा राष्ट्रिय सहकारी विकास बोर्डका सञ्चालक सदस्य विष्णुहरि ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्था सदस्य नवराज बिष्ट, दामन चेली समाज अध्यक्ष उर्मिला भट्ट, नेरेसो उपशाखा पालुङ सभापति केदारप्रसाद बिडारी, उपाध्यक्ष सानोभाइ कार्की, सहव्यवस्थापक रामप्रसाद ढकाललगायतले शुभकामना दिएका थिए । संस्थाले सात विधामा सम्मान तथा पुरस्कार वितरण गरेको थियो


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन