सहकारीमार्फत रचनात्मक काम गर्न सकिनेमा जोड


काठमाडौं, पुस २० । सहयात्री बहुउद्देश्यीय सहकारीको नवौं वार्षिक साधारणसभा एंव स्थापना दिवस सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत देशको आर्थिक विकास गर्न सकिने बताएका थिए ।
कार्यक्रममा बोल्दै सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारीबाट देशमा दुर्तगतिमा विकास गर्न सकिने बताउनुभयो । ‘सहकारीमाट आर्थिक उन्नती गर्न सकिन्छ तर सहकारीमा केही सुधार गर्न आवश्यक छ’ उहाँले भन्नुभयो ।

sayatri 2
काठमाडौं डिभिजन सहकारी कार्यलयका प्रमुख नारायण अर्यालले काठमाडौंका सहकारीको छवी बिगे्रको भन्दै छवी सुधार गर्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । ‘यहाँ पनि धेरै सहकारीले रचनात्मक काम गरेका छन्, तर केही ठूला बिग्रेका सहकारीका कारण सिंगो सहकारी नै बदनाम हुन पुगेको छ’ उहाँले भन्नुभयो ।
राष्ट्रिय सहकारी बैंकका सञ्चालक सरिता भट्टराईले सहकारीको विकासका लागि बैंकले लगानी गर्ने बताउनुभयो । सहकारीको विकासका लागि बैंकले जस्तोसुकै कदम पनि चाल्न सक्ने उहाँको भनाई थियो ।
सहयात्री संस्थाका अध्यक्ष खेमराज सुवेदीले सहकारीले सदस्यको क्षमता अभिवृद्वि गरी आयाआर्जन बढाउनतर्फ सहकारीले विशेष भूमिका खेलेको बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न