संसारकै सहकारीको पण्डित्याँई गर्न पछि नपर्ने नेतृत्वहरु साना विषयवस्तुबाट भागेका भाग्यै छन् 


राजेन्द्र पौड्याल
अध्यक्ष–मनास्लु बहुउद्देश्यीय सहकारी संस्था

१.अहिले सहकारी ऐन परिमार्जनको क्रममा छ, कस्तो ऐन आयास् भन्ने अपेक्षा छ ?
सहकारी अवधारणा, मूल्यतथामूलभूत सिद्धान्तलाई आत्मसात गरेर आउने जस्तो सुकै ऐन पनि स्विकार्य हुन्छ । समस्या माधानका लागि भन्दा पनि अवसर छोप्नका लागि बैज्ञानिक ऐनको आवश्यकता छ ।
२.सहकारी ऐन २०४८ फितलो भएकै कारण सहकारीमा समस्या देखा परेको हो ?
सहकारी ऐन २०४८ फितलो भएर समस्या देखा परेको होईन बरु सहकारी ऐन २०४८को मर्म र भावना बुझ्न नसकेरअनि व्यवहारमाका र्यान्वयन हुन नसकेर नै सहकारीमा समस्या देखापरेको  हो । नेपालको सहकारी आन्दोलनमा२ खाले धारणा विद्यमान छ । कलुसितविचारधारार र भ्रमितविचारधारा । कलुसितविचारधारा बोक्ने मनुवाहरु सहकारीमा राजनैतिक हस्तक्षेप जायज ठान्दछ र भ्रमितविचारधारा बोक्ने मनुवाहरुले सहकारी ऐन २०४८ ले गर्दा समस्या भएको हो, भएको छ भन्दछ । समग्रमा यि २ खाले विचारधारा बोक्ने मनुवाहरुले सहकारी ऐन २०४८ नराम्रो देख्नु कुनै आश्चर्य होईन ।
३.सहकारीले अधिकांशको निक्षेप फिर्ता गर्न सकेको छैन्, यो समस्या कसरी समाधान गर्न सकिन्छ जस्तो लाग्छ तपाईलाई ?
सहकारी संस्थाहरुले सदस्यहरुको निक्षेप फिर्ता गर्न नसक्नु जस्तो गम्भीर विषय अरु कुनै हुनै सक्तैन । समस्या समाधान गर्नका लागि पहिला समस्यालाई गम्भीर रुपमा लिन सक्नप¥यो, समस्यालाई बैज्ञानिक ढंगबाट बुझ्न सक्नप¥यो । अनि सरोकारवालाहरुबीच समाधानका लागि कुरा हुनु प¥यो । संसारकै सहकारीको पण्डित्याँई गर्न पछि नपर्ने हालका सहकारी संघका नेतृत्वहरु यति सानो विषयबाट भागेकाभाग्यै छन् । सहकारीका राष्ट्रिय, केन्द्रीय र जिल्ला संघहरु किन गठन गरिन्छ ? यस विषयको पृष्ठभूमिमा जाँदा खेरी हाल सहकारीमा देखिएका साना तर गम्भीर र जटिल समस्या समाधानको उपाय भेटाईन्छ । हाल देखिएको समस्या सरकारले गर्दा हो, ऐन नियमले गर्दा हो, सरकारले अनुगमनन गरेर हो र यसको समाधानका लागि पनि सरकार नै तयार हुनुपर्दछ भन्नु जस्तो निष्कृष्ठता दुनियाँमा केहि हुन सक्तैन । र यस्तो भै हालेमा यो सहकारी आन्दोलनको लागि घातक हो ।
४.सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न नसक्नुको कारण के होला?
सहकारीले उत्पादनशील क्षेत्रमालगानीकिनगरेको छैन भनेर सोध्दाअन्यकुनकुन क्षेत्रमा गरेको छ त भन्ने थाहापाउन जरुरी हुन्छ । अतःमेरो विचारमा सहकारीकालगानीका क्षेत्रहरु खास गरी उत्पादनशील नै रहेका छन् । हामीहरुकहाँ कृषि क्षेत्रमालगानीगर्ने मात्रै उत्पादनशील क्षेत्रको लगानीहो भन्ने भ्रमले जरो गाडेको छ । भण्डारण, बजार, वितरण, रोजगार सबै उत्पादनशील क्षेत्र हुन् ।
५.सहकारीबाट समन्नुत राष्ट्रको निर्माण कत्तिको संभव छ ?
राज्य संचालनकालागिअपनाईने धेरै अर्थतन्त्रकामोडेलहरु हुन्छन् । विश्व अर्थतन्त्रको इतिहासमाविगत २०० बर्षको इतिहासको अध्ययन गर्दा विभिन्नखाले कालखण्डमा विभिन्नआर्थिक विचारधाराहरुको विकास हुँदै आयो । यसै परिप्रेक्ष्यमा सहकारीतामाआधारित अर्थव्यवस्थाको अवधारणा पनि धेरै जसो विकशीत र विकाशसील देशहरुमालोकप्रियबन्दै आईरहेको छ । संयुक्त राष्ट्रसंघले पनि सहकारीतामाआधारित अर्थव्यवस्थाले नै तिव्र विकास संभव छ भनेर सोहि बमोजिमको घोषणा पत्रहरु सार्वजनिक गरिसकेको छ । यसैको पृष्ठभूमिमा हाम्रो जस्तो मुलुकको अर्थव्यवस्थाको आधार सहकारीताबाहेक अरु हुननसक्ने कुरा दिनानुदिन स्वप्रमाणित हुँदै गई रहेको छ । अतः सहकारी पनि एक बैज्ञानिक आर्थिक प्रणाली एवं विचारधारा हो र हाम्रो जस्तो मुलुकको तिव्र विकास सहकारीमाआधारित अर्थव्यवस्थाबाट मात्रै सम्भव छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने