सहकारीले उद्योग खोल्न पाउने
राष्ट्रिय अर्थतन्त्रमा कृषि सहकारीको योगदान महत्वपूर्ण


काठमाडौं, पुस २१ । सहकारी विभागका रजिष्ट्रार विष्णुहरि पौडेलले सहकारी ऐन २०४८ संशोधन गरी सहकारीले उद्योग खोल्न सकिने प्रावधान राखिएको बताउनुभयो ।
नेपाल सहकारी पत्रकार समाजले अयोजना गरेको ‘राष्ट्रिय अर्थतन्त्रमा साना किसान सहकारीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारीले कृषि उद्योग स्थापना गर्न सके राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने बताउनुभयो । अन्य कम्पनीजस्तो सहकारीमा कर नलगाइने उहाँको भनाई थियो । दूध, मासुजस्ता कृषि उत्पादन बढाउन सके देशको अर्थतन्त्रमा सहकारीको योगदान बढ्ने उहाँको भनाई थियो ।
रजिष्ट्रार पौडेलले सहकारी नयाँ घोषणा भएका नगरपालिकाका सहकारीमा ग्रामीण सहकारीजस्तै करमा छुट पाउने उहाँको भनाई थियो ।
रजिष्ट्रार पौडेलले कृषि बीमा प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । कृषि बीमातर्फ कृषकलाई आकर्षित गर्दै सहकारीमार्फत कृषिमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
सहकारीले नाफा गरेको आधारमा कर तिर्नुपर्ने बताउनुभयो । नाफाको १५ प्रतिशशत सरकारलाई योगदान दिन कुनै कन्जुस्याई गर्न नहुने उहाँको भनाई थियो ।
नीति २०६९ कार्यान्वयन गर्न एक्सन प्लान बनाइने बताउनुभयो । जिआईजेटको प्राविधिक सहयोगमा नीति कार्यान्वयन गर्न एक्सन प्लान बनाउन लागिएका उहाँको भनाई थियो ।
रजिष्ट्रार पौडेलले कृषिका विभिन्न केन्द्रिय संघ भएकाले केन्द्रिय संघ मर्ज हुनुपर्नेमा जोड दिनुभयो । अभियानकै तर्फबाट केन्द्रिय संघको आवश्यकता बोध हुनुपर्नेमा जोड दिनुभयो ।
१४ अञ्चलमा तालिम केन्द्र र ७५ जिल्लामा डिभिजन कार्यालय खोल्नका प्रायास थालिएको उहाँले बताउनुभयो ।
रजिष्ट्रार पौडेलले सहकारीले उच्चस्तरले उत्पादन गरेर विदेशसम्म निर्यात गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी प्रवद्वनका लागि ६८ रोपनीको जग्गा खरिद गर्न लागिएको उहाँको भनाई छ ।
साना किसान बैंकका अध्यक्ष एंव नेपाल कृषि केन्द्रिय सहकारी संघका अध्यक्ष खेम पाठकले सहकारीले उद्योग दर्ता गर्न नपाउने समस्याले कृषि सहकारीले प्रगति गर्न नसकेको बताउनुभयो । कृषिको विकासका लागि एक गाविसमा एक उत्पादनमा जोड दिइने उहाँको भनाई थियो । सिचाई, प्रविधि,रिसर्च सेन्टर अभावका कारण सहकारीले कृषिमा रचनात्मक काम गर्न नसकेको बताउनुभयो । नार्कका वैज्ञानिक कामविहिन भएको र प्रभावकारी बनाउन सक्ने उहाँको भनाई थियो ।
साना किसानले उचित मूल्य नपाएको उहाँको भनाई छ ।

sahakarinews1-harekpal


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने