सहकारीका महत्वकाक्षी योजना सार्वजनिक


नेपालगन्ज पुस २१ । कृष्णसार कृषि सहकारी संस्था नेपालगन्जको दोश्रो वार्षिक साधारणसभामा महत्वकांक्षी योजना सार्वजनिक गरेको छ । स्थापनाको दोश्रो वर्ष पुरा भएपछि वर्षभरि गरेको गतिविधि प्रस्तुत गर्दै सहकारीको विकासका लागि महत्वकांक्षि योजना सहित एकवर्षे कार्ययोजना अघि सारेको हो ।

सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका कोषाध्यक्ष सुशिला गुरुङले सुरुवाति चरणमै सबै शेयरधनी र सदस्यहरुको सहकार्यका कारण सहकारीको उन्नति र विकासले राम्रो फड्को मारेको दावी गर्नुभयो । गुरुङले प्रस्तुत गरेको प्रतिवेदनमा हालसम्मको जम्मा वचत ३० लाख ८ हजार ३ सय ८९ रहेको प्रतिवेदन पेश गर्नुभएको छ । यस्तै संस्थाको निक्षेप फिर्ता १७ लाख ४३ हजार ८ सय २६, ऋण लगानीमा ११ लाख ७५ हजार ४ सय ८, कुल शेयरपुजी १ लाख २४ हजार, हाल सम्मको आम्दानी १ लाख ३४ हजार १ सय ४ र संस्थाको खर्चमा १ लाख १२ हजार ३ सय ३५ रहेको प्रतिवेदन उल्लेख छ ।
कृषक लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीले पछिल्लो समयमा कृष्णसार सहकारीले व्यवसायिक गाई पालन, तरकारी तथा फलफूल खेती, पशुपालन, सामूहिक बचत तथा सिपमूलक कार्यक्रम, जनसंख्या नियन्त्रण कार्यक्रम र आय बृद्धि कार्यक्रम समेत सञ्चालनमा ल्याउने तथा सहकारीले विपन्न परिवारका कृषकहरुलाई सुलभ रुपमा ऋण समेत प्रवाह गर्दै आएको छ । सहकारीका अध्यक्ष पुष्प मल्लले यस आर्थिक वर्षमा बचतकर्ता बढाउने, सुलभ रुपमा ऋण प्रवाह गर्ने, शेयर विक्रि बढाउने बताउनुभयो । लेखा परीक्षण प्रतिवेदन, विनियम संशोधन लगायतका कार्ययोजना समेत साधारणसभाले शनिवार पारित गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न