सामुहिक सहकारीको मुनाफा ३ करोड बढी


रुपन्देही, पुस २२ । सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि शंकरनगर रुपन्देही को २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सो अवसरमा सहकारीले गत आथिैक वर्षमा ९५ करोड बराबरको कारोबार गरि रु ३ करोड २८ लाख रुपैया नाफा गर्न सफल भएको बताइएको थियो । सस्थालाइ राष्ट्रिय सहकारी संघ लि नेपालले उत्कृष्ट सहकारीका रुपमा गत आ व मा सम्मान गरेको थियो ।
साधारण सभमा १ अर्व बराबरको कारोवार गर्ने लक्ष्य सहितको आय व्यय विवरण पारित गरिएको थियो । सस्थामा चार हजार चार शेयर सदस्य रहेका छन् । साधारण सभाले अध्यक्ष चुडामणि खरेलले प्रस्तुत गरेको गत आर्थिक वर्षको करिब ७८ करोड बराबरको आय व्यय सहितको प्रतिवेदन पारित गरेको छ ।
राष्ट्रिय सहकारी संघ का संचालक तथा जिल्ला सहाकरी संघ लि रुपन्देही का अध्यक्ष भिम तुलाचन को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
साधारण सभामा उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी, पूर्व संचालक सदस्यहरु, संचालक सदस्यहरु र एसएलसी उत्तीर्ण शेयर सदस्यका बालवालिकाहरुलाई सम्मान गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक