त्रिवेणी सहकारी सम्मानित


इलाम, पुस २२ । त्रिवेणी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ । दानावारी इलामको महमाई ८ विष्णेटारमा कृषि अभियन्ता सहित १० जना सम्मानित भएका हुन् ।
विष्णेटार मिश्रित कृषक समुह, फुलबारी मिश्रित कृषक समुह, चेपेखोला मिश्रित कृषक समुह र प्रगती मिश्रित कृषक समुहले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन ।सम्मानित हुनेहरुमा महमाई क्षेत्रका कृषि अभियन्ताहरु सतासीधामका बम बहादुर निरौला , डेगनाथ गुरगाई तथा महमाईका ३ कृषि समुह र १ सहकारी समुहमा लामो समयसम्म नेतृत्व पंक्तिमा रहेका संस्थापकहरु जित बहादुर गिरी, रामप्रसाद भटटराई, गोपीकृष्ण थापा, गोविन्दराज चौहान धर्मनारायण दाहाल,कृषि सेवा केन्द्र प्रमुख अनिल तिम्सिना लगायत रहनुभएको छ ।
त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेम खडकाको सभापतित्वमा संचालन भएको कार्यक्रममा कृषि सेवा केन्द्र प्रमुख अनिल तिम्सिनाको प्रमुख आतिथ्यता, बम बहादुर निरौला र डेगनाथ गुरगाइको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई कमल योङहाङले स्वागत र जनकदेव श्रेष्ठले संचालन गरेका थिए । कार्यक्रमका वक्ताहरुले कृषिको लागी महमाई दक्षिणी इलामको नमुना क्षेत्रको रुपमा रहनुपर्नेमा जोड दिए । वि।स २०६१ साल जेठ २३ गते झापाका कृषि अभियन्ता निरौला र गुरगाईले यस क्षेत्रमा पहिलो पटक कृषि समुह गठन गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिलिजुली कालिञ्चोक साकोसद्वारा क्यूआर कोड सेवा सुरु
पोखरामा सहकारीको संयुक्त रक्तदान कार्यक्रमः ६२ युनिट रगत संकलन
सहकारी अनुगमन प्रभावकारी बनाउन समितिद्वारा कर्मचारीहरुलाई तालिम
अमर साकोसका कर्मचारीहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न