‘कुनै आर्थिक लाभ नलिईकन काम गर्छौै’


‘म सहकारीमा प्रवेश गर्दा २२ वर्षको ठिटो थिएँ, कसैले पनि पट्याउँदैनथ्यो, तर अहिले धेरै कुरा सिकेको छु, धेरैले मेरो कामलाई मान्ने गर्छन्, खुसी लाग्छ ’ यो भनाई हो हजुरको त्रिवेणी बचत तथा ऋण सहकारीका अध्यक्ष सनोज भट्टाईको ।
भट्टाराई २०५८ भदौदेखि सहकारीमा प्रवेश गरेका हुन् । शुरुमा शेयर सदस्य भएर प्रवेश गरेका भट्टराई सोही वर्षको माघदेखि सञ्चालक पदमा बसेर काम गर्न थाले । सम्झन्छन् ‘त्यतिबेला सहकारी भनेकै खासै थाहा थिएन, तर बिस्तारै सिक्दै जाँदा अहिले सहकारीमा लागेर ठिकै गरिएछ भन्ने लागेको छ ।’
संस्था दर्ता भएको दुई वर्षपछि अर्थात २०६० सालमा चुनाव भयो । उनी अध्यक्षमा निर्वाचित भए । तत्पश्चात १३ वर्षसम्म अध्यक्ष भएर सफलतापूर्वक संस्था हाँकिरहेका छन् ।
सहकारी शुरु गर्दा २७ जना सदस्य पु¥याउन हम्मेहम्मे परेको उनी सम्झन्छन् । हजुरको त्रिवेणी सहकारीमा अहिले ६ सय ७३ जना सदस्य छन् । उक्त सहकारीले भद्रवासलाई लक्ष्य गरेर आफ्ना गतिविधि अघि बढाएको छ । आफ्नै गाविसका सबै सदस्यलाई कुनै न कुनै आर्थिक क्रियाकलापमा जोड्ने अभियानका साथ सहकारीले रचनात्मक काम गर्दै आएको उनी बताउँछन् । त्यस्तै संस्थाले छिमेकी गाविसहरु दाछे र कालापोटमा पनि आफ्ना गतिविधि बढाउन थालेको उनको भनाई छ ।
उनी भन्छन्, ‘हामीले अहिलेसम्म कुनै तलब, भत्ताजस्ता कुनै आर्थिक लाभ नलिईकन काम गरेका छौं, बरु आफ्नै खल्तीबाट हाल्न किन नपरोस्, त्यसमा कुनै अफ्ठयारो लाग्दैन्, तर संस्थाको पैसा खर्च गर्न डर लाग्छ ।’
१३ वर्ष बित्यो । संस्थाको फजुल खर्च गरिएन । १३ वर्षको दौरानमा संस्था आफ्नै भवनमा सार्नका लागि जग्गा खरिद गरेको उनी बताउँछन् । अहिलेको समयमा जग्गा नभईकन हुदैंन भन्ने लागेर रिक्स लिएर भएपनि जग्गा किनेको उनले बताए ।
संस्था सञ्चालनका शुरुका दिन सम्झदैं भट्टराई भन्छन् । ‘शुरुमा संस्थाले १५ सय नाफा थियो शुरुमा त्यो पैसा समाज सेवामा लगाएका थियौैं, आदर्श उच्च मावि विद्यालयलाई बोर्डियम खरिद गरिदिएका थियौं ।’ उनले भने । शुरुको बचत सामिजक सेवामा लगाउने निर्णय भएपश्चात त्यसो गरेको उनी बताउँछन् ।
अहिले सहकारीले आफ्ना सदस्यको मृत्यु भएमा किरिया खर्च स्वरुप पाँच हजार र सदस्यको परिवार मृत्यु भएमा ३ हजार रुपैयाँ किरिया स्वरुप दिने गरेको अध्यक्ष बताउँछन् । यसले सदस्यमा ठूलो आर्थिक सहयोग नभए पनि सहानुभूति हुने उनको ठम्याई छ ।
त्यस्तै संस्थाले एलएलसीमा उत्कृष्ट हुनेलाई छात्रवृत्रि दिनुका साथै अति गरिब सदस्यलाई पनि सहयोग गर्ने गरेको अध्यक्ष बताउँछन् । यत्रिमात्र होइन संस्थाले अन्य अतिरिक्त क्रियाकलापमा, विकास निर्माणमा अत्यावश्यक भएमा सहयोग गर्दै आएको अध्यक्षको भनाई छ ।
तलिमले सहकारी नेतृत्व गर्न सिकाएकोमा खुसी व्यक्त गर्र्दै भन्छन्,‘मैले अहिलेसम्म पल्र्स मनिटरिङ, नेतृत्व विकास तालिम लगायत १५ बढी तालिममा सहभागी भइसकेको छु, तालिमले मलाई सक्षम बनाउन धेरै सघाउ पु¥याएको छ ।’ तालिमका कुनै अवसर आए अक्सर उनले अवसर गुमाउँदैन् । संस्थाका अन्य प्रतिनिधिहरुलाई पनि तालिममा पठाउने गरेको उनी बताउँछन् ।
उनी भन्छन्,‘तलिमले उर्जा प्राप्त गर्छ , मैले सिकेका कुरा संस्थामा कसरी कार्यान्वयन गर्ने भनेर हर प्रयत्न लाग्ने गरेको छु, मैले सिकेका कुरा अन्य सदस्यहरुलाई तुरुन्तै जानकारी गराउने गरेको छु ।’
उनले काठमाडौं जिल्ला बचत संघको सञ्चालकमा उम्मेदार दिएका थिएँ तर तीन मतले पराजित भए । त्यतिमात्र होइन नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ(नेफ्स्कुन)को सञ्चालकमा पनि उम्मेदवारी दिए तर सफलता मिलेन । भन्छन्,‘म पराजित भएपनि मेरो प्रयास मर्ने छैन्, म एकदिन अवश्य त्यो निकायमा पुग्ने छु’ उनी अठोट गर्छन् । केन्द्रिय संघमा जान सके सहकारीका समस्या समाधान गर्न एंव सहकारीको विकासका लागि जिल्लाजिल्लामा जान सकिने उनको विश्वास छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर