सिन्डीकेट हटाउन जरुरी


उद्योगमन्त्री महेश बस्नेतले औद्योगिक क्षेत्र भित्र रहेको सिन्डीकेट हटाउन जरुरी रहेको बताउनुभएको छ ।
“यस क्षेत्रभित्र जग्गा दलाली छन् भन्ने सुन्नमा आएको छ । कसैले अवैधानीकरुपमा जग्गा ओगटेर बसेको छ भने हटाऔँ मन्त्रालय त्यसमा सहयोग गर्छ” उहाँले भन्नुभयो ।
आज औद्योगिक क्षेत्र बालाजुको भ्रमणको क्रममा आयोजित स्वागत कार्यक्रममा उहाँले औद्योगिक क्षेत्र भित्रको भाडा दरलाई वैज्ञानिक बनाउनका लागि निर्देशन समेत दिनुभयो ।
मन्त्री बस्नेतले लामो समयदेखि राजनीति स्थिरता नहुँदा उद्योग क्षेत्र विग्रिएको बताउनुभयो । “राजनीति बिग्रदा उद्योग क्षेत्र विग्रिए, मजदुर बिग्रिए । राजनीतिको प्रभाव सबै क्षेत्रमा पर्यो । राज्यको दायित्व उद्योग व्यवसाय आयकर बढाउने हो, कर बढाउने होइन” मन्त्री बस्नेतले भन्नुभयो ।
उहाँले औद्योगिक क्षेत्र भित्र देखिएका समस्याको व्यवस्थापन नयाँ ढंगबाट गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री बस्नेतले औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योग उपर एकीकृत सम्पत्ति कर लागु गर्न हुन्न भन्ने पक्षमा मन्त्रालय रहेको बताउनुभयो ।
“तपाईहरु यस क्षेत्रको विकासका प्रस्ताव ल्याउनुहोस्, हामी सकारात्मक छौँ । अब औद्योगिक क्षेत्र भित्र राजनीतिक आस्थाका आधारमा कुट्ने र कुटाई खाने वातावरणको अन्त्य होस्” मन्त्री बस्नेतले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले