सुनकोशी सहकारीमा नयाँ नेतृत्व


रामेछाप, पुस २३ । । रामेछाप, ६ पुस, रामेछापको मझुवा गाविस वडा नं ५ मा रहेको सुनकोशी बहुउद्देश्यीय सहकारी संस्थाको चौथो वार्षिक साधारणसभा एवम् दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले इन्द्रकुमार लामाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रमाया तामाङ, कोषाध्यक्षमा ध्रुब कुमार श्रेष्ठ र सचिवमा शंकर दास श्रेष्ठ रहनुभएको छ ।सहकारीका अध्यक्ष इन्द्रकुमार लामाको अध्यक्षतामा शनिवार भएको कार्यक्रममा संस्थाका सचिव शंकरदास श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन साथै २८ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति एवम् प्रमुख अतिथि रामचन्द्र खड्का, नेपाली काङ्ग्रेसका युवा नेता एवम् विशेष अतिथि ध्रुबराज लामा, स्वास्थ्यचौकी मझुवाका प्रमुख पदम कुमार श्रेष्ठ, वेदराज लामा, लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सहकारीकी सदस्य नविना प्रधानले स्वागत मन्तव्य व्यक्त गर्दै संस्थाले सञ्चालन गरेको गतिविधिको बारेमा जानकारी दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हाम्रो चित्रवन साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न
पिपलबोट साकोसको २०औं वार्षिक साधारणसभा सम्पन्न
सगुन साकोसको २३औं वार्षिक साधारणसभा सम्पन्न
म्याग्दीको भूतपूर्व सैनिक साकोस प्रोबेसन कार्यक्रममा आबद्ध