बोर्डको जग्गा निजी कम्पनीलाई दिने निर्णयले सहकारीकर्मी रुष्ट


काठमाडौं, पुस पुस २३ ।  सहकारी विकास बोर्डको स्वामित्वमा रहेको जग्गा निजि कम्पनीलाई भाडामा दिने निर्णय गरेसँग अधिकांश सहकारीकर्मीहरु बोर्डसँग रुष्ट भएका छन् । बोर्डका सदस्यहरु बिष्णुहरि ढकाल, मीनराज कडेँललगायतले   बोर्डको निर्णयप्रति गंभीर आपत्ति प्रकट गरेका छन् ।
सहकारी अभियानले तरकारी बजारका लागि सरकारसँग जग्गा माग गरिरहेको बेला बोर्डले नै निजी कम्पनीलाई जग्गा भाडामा दिने निर्णय गरेपछि अभियानकर्मीहरु रुष्ट भएका हुन् । कृषिसँग सम्बद्व विभिन्न केन्द्रिय संघहरुले सहकारी कम्लेक्स निर्माणका लागि सरकारसँग जग्गा माग गर्दै आएका थिए । तर सरकारले जग्गा उपलब्ध गराउन सकेको छैन् । बोर्डले सहकारीको भन्दा निजी क्षेत्रको पक्षपोषण गरेको एक सहकारीकर्मीले बताए ।
सहकारीको स्वामित्वमा रहेको जग्गा सहकारी संस्थाहरुलाई नै भाडामा दिन सकिने भए पनि त्यसो नगरेर आर्थिक प्रलोभनमा परि निजि कम्पनीलाई दिन लागिएको प्रति सहकारी विकास वोर्डका सञ्चालक समितिका सदस्य विष्णुहरी ढकालले असहमति पत्र पेश गर्नुभएको छ ।
यता बोर्डले अध्यक्ष प्रधानमन्त्री एंव सहकारी तथा गरीवी निवारण मन्त्री सुशील कोईरालासंगको छलफलमा भएका निर्णयविपरित कम्पनीलाई जग्गा भाडामा दिएको बुझिएको छ । बोर्डको स्वामित्वमा रहेको जग्गा भाडा लगाउने लगायतका विषयमा राष्ट्रिय सहकारी विकास वोर्डको कार्तिक २४ गते प्रधानमन्त्री एवं सहकारी तथा गरीवी निवारण मन्त्री र राष्ट्रिय सहकारी विकास वोर्डका अध्यक्ष सुशील कोइरालाको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकमा भएको निर्णयको प्रतिलिपि बैठकमा भएको छलफल र निर्णय भन्दा फरक लेखिएको भन्दै केही सञ्चालकहरुले असहमति पत्र दायर गरेपछि विकास वोर्डमा खैलावैला मच्चिएको छ । बोर्डका सदस्यहरुले जर्वजस्ती निर्णय भएको बताएका छन् ।
प्रधानमन्त्री सहितको बैठकमा बस्दा भएका निर्णयको प्रतिलिपिको वुँदा नं. ४ मा बोर्डको ललितपुरको पुल्चोकमा रहेको करिव १४ रोपनीजग्गा ३० वर्षका लागि लिजमा दिने सम्वन्धमा नेपालकै ठूलो व्यवसायिक घरना मानिने सि.जि. डेभलपर्स प्रा.लि. सानेपा, ललितपुरलाई स्वीकृतीका लागि सहकारी तथा गरिवी निवारण मन्त्रालय मार्फत मन्त्रीपरिषद् सम्म पुगेको र पुनःविकास वोर्डलाई नै जिम्मा लगाउने गरि फिर्ता आएको उल्लेख छ ।
बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले बहुमत सदस्यको सहमतीमा उक्त कम्पनीलाई दिने निर्णय गरिएको बताउनुभयो । ‘उक्त निर्णय फिर्ता गर्न सकिदैंन’ उहाँले भन्नुभयो ।
विकास वोर्डको स्वामित्वमा रहेको देशका अन्य क्षेत्रको जग्गा पनि भाडामा लगाउनका लागि वोर्डलाई नै दिने निर्णय वुँदा नं. ७ मा गरिएको भनेर उल्लेख छ । जसमा सदस्यहरुले असहमति रहेको जनाईरहेका छन् ।
सहकारी विकास वोर्डका केही सदस्यहरुले सहकारीको वृद्धि र विकासमा भन्दा पनि वोर्डलाई भ¥याङ बनाएर आफ्नो व्यक्तिगत स्वार्थ केन्द्रीत गतिविधी गर्नेहरु हावी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
बोर्डका सह–अध्यक्ष सरोज शर्माले नियम संगत नै विकास बोर्ड अगाडी बढेको दावी गर्नुभयो । शर्माले कुपण्डोलको जग्गा लिजमा दिने विषयमा सहकारी अभियानका सबैको सहमति रहे पनि अहिले आएर विरोध गर्नुको कुनै तुक नरहेको बताउनुभयो ।
शर्माले सिजि ग्रुपलाई जग्गा भाडामा दिने सम्वन्धमा निर्णय गर्दा बोर्डका सबै सदस्य सहभागी रहेको र राष्ट्रिय सहकारी संघका प्रतिनिधि एवं संघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेलले असहमती जनाएको स्विकार गनुर्भभयो ।
उता ढकाललले लेखेको असहमति पत्रमा विभिन्न सहकारी व्यवसाय र सहकारी अभियानको निम्ति उपयुक्त जमिन आवश्यक रहेको मात्र नभई माग समेत माग भइरहेको हुँदा सहकारीको आफ्नो जमिन नीजि क्षेत्रलाई भाडामा दिने निर्णय सोझै सहकारी सिद्धान्त विपरित रहेको उल्लेख छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक