मनाकामना महिला सहकारीमा पौने दुुई करोडको कारोबार


उदय बीसी
दाङ,पुस २३ । दाङको लमहीस्थित मनकामना महिला विकास बचत तथा ऋण सहकारी संस्थाले एक आर्थिकमा झण्डै पौने २ करोडको कारोवार गरेको छ । आर्थिक वर्ष २०७०/७१ मा उक्त सहकारी संस्थाले १ करोड ४८ लाख १३ हजार सात सय २७ रुपैयाँ कारोवार गरेको हो ।
त्यसैगरी ७७ लाख ५२ हजार दुई सय ५४ रुपैयाँ लगानी, ११ लाख १६ हजार ६ सय रुपैयाँ शेयर रकम संकलन, वचत ५९ लाख ३४ हजार ६४ रुपैयाँ भएको र ३ लाख ५६ हजार एक सय २० रुपैयाँ खुद नाफा गरेको उक्त सहकारी संस्थाले जानकारी दिएको छ । संस्थाको बुधवार सम्पन्न १२ औं साधारणसभामा संस्थाले वर्षभरी गरेको आर्थिक प्रतिवेदन प्रस्तुुत गर्दै संस्थाका ब्यवस्थापक प्रेमा जिसीले यस्तो जानकारी दिनुुभएको हो ।
त्यसैगरी उक्त सहकारी संस्थाले गएको साउनको अन्तिममा आएको वाढीका कारण पीडित भएका डुरुवा गाविस निवासी घना केसीलाई ६ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरेको हो । घनाले वाढीमा परेर आमा र वहिनीलाई गुमाएकी थिएन । उक्त संस्थाले महिलाहरुलाई आर्थिक र सामाजिक रुपमा शसक्त वनाउन सहकारी संस्थाले बचत तथा ऋण प्रवाह सहीत महिला हिंसा न्यूनिकरणको क्षेत्रमा सामाजिक काम गर्दै आएको छ ।
सहकारी संस्थाका अध्यक्ष गोमा वस्नेतको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयका प्रतिनिधि ईश्वरा रावतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थामा आवद्ध जेष्ठ शेयर सदस्य प्रतिज्ञा महिला विकास समितिका तारा वुढा र मञ्च मिलन महिला विकास समितिका तोरण रेग्मीलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ठ इकाइ समितिको रुपमा हरियाली महिला विकास समुह देउपुरलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कार्यक्रममा जनमोर्चाका जिल्ला अध्यक्ष रेशम विसी, नागरिक समाज देउखुरीका संयोजक निमबहादुर थापा, लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सदस्य जया रावल, वर्डा प्रहरी कार्यालय लमहीका प्रमुख लक्षमण बहादुर शाही, उद्यमी महिला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मन्नि चौधरी, पत्रकार केपी घिमिरे, सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष लिला शाह, सहकारी संस्थाका संस्थापक अध्यक्ष लक्ष्मी सुवेदीलगायतले बोल्नुुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष मायाँ घमालले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण योग मायाँ शाहीले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने