पशु स्वास्थ्य शिविर सम्पन्न


नवलपरासी, पुस २४ । बिकु बचत तथा ऋण सहकारी सस्था लिमिटेड गैडाकोट नवलपरासीले निशुल्क पशु स्वास्थ्य उपचार शिविर आयोजना गरेको छ ।
शिबिरमा एक हजार पशुहरुको निशुल्क उपचार गरिएको थियो । शिविरमा गाई गोरु, भैसी, बाख्रा, भेडा, बङ्गुर, कुकुर, बिरालोहरुको निशुल्क स्वास्थ्य परिक्षण भएको आयोजकले जानकारी दिएको छ । शिबिरमा २० वटा गाई भैसीको निशुल्क गर्भ परिक्षण गरिएको थियो । त्यस्तै एउटा भैसीको खट्के अप्रेशन गरिएको थियो ।
साथै १ लाख ५० हजार बराबरको औषधी पनि निशुल्क बितरण गरिएको छ । स्वास्थ परिक्षण गराईएका पशुहरुमा सबैभन्दा बढी आन्तरिक परजिवि अर्थात जुका, नाम्ले जस्ता रोग बढी लागेको पशु सेवा कार्यालय नवलपरासीका पशु बिकास अधिकृत भुमिश्वर खनालले जानकारी दिनुभयो । आयोजना तथा जिल्ला पशु सेवा कार्यालय नवलपरासीको प्राबिधिक सहयोगमा सो शिविर सम्पन्न भएको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन