समस्याग्रस्त सहकारीको बाहानामा सिंगो सहकारी समाप्त पार्न लागेको आरोप


काठमाडौं, पुस २५ । संविधान सभाका सदस्य एवं राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको स्वायत्तता र स्वत्रन्त्रततामा आच आउने काम कसैलेपनि गर्न नहुने बताउनुभयो ।
नेपाल बहुउद्देश्यीय सहकारी केन्द्रिय संघको दोस्रो साधारणसभामा बोल्दै बडालले अप्ठ्यामा परेका सहकारीको सरकारले हेर्नुपर्ने बताउदै कुनैपनि हालतमा पन्छिन नहुने उल्लखे गर्नुभयो । उहाले भन्नुभयो–सरकारले सरकारीले तिर्ने गरेको अर्बो रुपियाको करको मुल्याङकन गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाले करिब ४५ लाख जनता आश्रित रहेको सरकारीको योगदान अतुलनीय रहेको बताउदै सो कार्यका लागि बहुउद्धेश्यीय सहकारी संघको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा सभाषद एवं राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले बहुउद्धेश्यीय संघमा आबद्ध सहकारीने नया रोजगारमुलक कामको विकास गर्नुपर्ने औल्याउदै सरकारले यस्को कदर गर्नुपर्ने बताउनुभयो । सहकारी विभागका रजिष्टार विष्णु पौडेलले संघले गरेको उल्लेखनीय कामको कदर गर्दै अझै व्यवस्थित बनाउनुपर्ने उल्लेख गर्नुभयो । राष्ट्रिय सहकारी संघका पुर्व अध्यक्ष दीपक प्रकास बास्कोटा, संघका संचालक रविन्द्र केसी, दक्ष पौडेल,माधव दुलाल, लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
संघको प्रगति विवरण बारे जानकारी गराउदै अध्यक्ष भण्डारीले देशको वर्तमान राजनैतिक अवस्था र त्यसको कारणबाट सृजित अस्थीर आर्थिक नीति, औद्योगिक सुरक्षाको फितलो व्यवस्थापनको कारणबाट औद्योगिक उत्पादनमा कमी हुन गएको जानकारी गराउनुभयो । सहकारी मार्फत देशलाई आर्थिक रुपमा सम्बृद्ध बनाउको लागि यस क्षेत्रको भूमिकालाई सम्पूर्ण नेपाली नागरिकहरूले आत्मसाथ गरी सकेको वर्तमान परिप्रेक्षमा आगामी दिनहरूमा सहकारी क्षेत्रको विकासलाई तिव्रता दिनको लागि प्राथमिक तह देखि विश्व विद्यालयसम्म सहकारी शिक्षाको सुरुवात गरी सहकारीको मुल्य, मान्यता सिद्धान्त र अवधारणा बारे सुसुचित गराउन अपरिहार्य रहेको बताउनुभयो । सहकारी क्षेत्रलाई आगामी ५ वर्ष भित्रमा नेपालको वित्तिय बजारमा अग्रणी स्थानमा स्थापित गराउन वर्तमान सहकारी ऐन २०४८, नियमावली २०४९ तथा राष्ट्रिय सहकारी नीतिलाई समेत समय सापेक्ष रुपमा संशोधन गरिनुपर्ने बताउनुभयो ।
संघको चुक्ता पुजी ५३ लाख ५१ हजार रहेको छ । संघकोआर्थिक वर्ष ०६९÷०७० मा २८ लाख २६ हजार रुपिया रहेकोमा सो रकम १ सय २४ दशमलब ७३ प्रतिशत वृद्धी भएको हो । संघको कुल निक्षेप ५ करोड ९५ लाख ७३ हजार ३ सय रुपिया रहेको छ । त्यस्तै १करोड रुपिया कर्जा तथा सापटी रहेको छ । त्यसैगरी आर्थिक वर्ष ०६९÷०७० मा संघको कुल सम्पत्ती छैसठ्ठी लाख चौध हजार सत्तासी रुपैयाँ मा रहेकोमा चालु आव ०७०÷०७१ मा नौ सय ७ दशमलब २० प्रतिशतले बृद्धि भई ६ करोड छैसठ्ठी लाख सत्र हजार रुपिया पुगेको छ ।
संघको हिजो शनिबार आयोजित दोस्रो  साधारणसभामा आव. ०६९/०७० मा संघको कुल व्याज आम्दानी एघार हजार सात सय ३८ रुपैयाँ रहेकोमा चालु आव. ०७०/०७१ मा सो रकम ५५ सय ७४ दशमलबले वृद्धी भइ ३६ प्रतिशतले बृद्धि छ लाख छैसाठ्ठी हजार एक सय एक रुपैयाँ पुगेको छ । संस्थाको संचालन आम्दानी आ.व. ०६९/०७० कुल संचालन आम्दानी २ लाख ६ हजार ३ सय ८० रुपिया रहेकोमा चालु आ.व. ०७०/०७१ मा सो रकम ३३ दशमलब ४५ प्रतिशतले बृद्धि भई २ लाख ७५ हजार ४ सय पाँच रुपैयाँ पुगेको छ । संघले चालु आ.व. ०७०/०७१ मा अग्रिम श्रोतमा अक्षरुपी २ लाख १० हजार १ सय १८ रुपिया राजश्व भुक्तानी गरेको छ ।
संघले प्रारम्भिक सहकारी संस्थाहरू र विषयगत संघहरूको माग बमोजिम बचत तथा ऋणको कार्यहरू समेत गर्ने उद्देश्य अनुसार गएको बैशाख २८ गतेदेखि बचत तथा ऋणको कारोबार समेत संचालन गर्दै आएको संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी गराउनुभयो ।

सहकारी क्षेत्रमा भएको बिकाससँगै २२ वर्ष पुरानो सहकारी ऐन तथा नियमावली समयसापेक्ष रुपमा संशोधन हुन आवश्यक रहेको छ । विगत ३ वर्ष देखि केही सहकारी संस्थाहरूमा समस्या देखिएको हुँदा ती समस्याहरूलाई समाधान गर्ने बाहानामा सहकारी आन्दोलनलाई नै समाप्त पार्ने अभिप्रायले सम्बन्धित निकायले नियमावली संशोधन गरी पारित गर्नको लागि भएका विभिन्न किसिमका प्रयासहरू सहकारीकर्मीको विरोध पछि रोकिएको उहाको जानकारी गराउनुभयो । देशभरका बहुृउद्देश्यीय सहकारी संस्थाहरूको वास्तविक तथ्याङ्क संकलन कार्य सुरुवात गर्ने ,समय सापेक्ष रुपमा राष्ट्रिय सहकारी नीति तयार गरी लागु गराउन सम्बन्धित निकायमा दबाब मुलक कार्यक्रमहरू संचालन गर्ने , सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ समय सापेक्ष रुपमा परीवर्तन गर्न सम्बन्धित निकायहरूमा पहल गर्र्ने,३ वर्ष भित्रमा मुलुकभर संचालित बुउद्देश्यीय सहकारी संस्थाहरूको वास्तविक तथ्याङ्क संकलन गर्ने, १० वर्ष भित्रमा प्रारम्भिक सहकारी संस्थाहरूबाट १ अर्ब भन्दा बढी पूँजी संकलन गर्ने जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने